कांग्रेस क्रियाशील सदस्य नयाँ ४ लाख ४३ हजार थपिए

आजभोलि

काठमाडौं । नेपाली कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । आज बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो । कांग्रेसले १४ औ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५२ हजार ७११ सदस्यहरुलाई क्रियाशील सदस्यता प्रदान गरेको छ ।

जसमध्ये नयाँ ४ लाख ४३ हजार ६७८ जनाले क्रियाशील सदस्यत पाए भने पुराना ४ लाख ९ हजार ३३ जनाले नवीकरण गरेका छन् । १४ औं महाधिवेशनका लागि विवाद भएका जिल्लाहरुको विवाद समाधान गरी र विवाद समाधान गर्न नसकिएका जिल्लाहरुको समग्र अवस्थासहित समितिले पार्टीलाई विवरण बुझाएको छ ।

यसैबीच सबैभन्दा धेरै वागमती प्रदेशमा १ लाख ८६ हजार व्यक्ति क्रियाशील सदस्य बनेका छन् । सबैभन्दा थोरै कर्णाली प्रदेशमा ५४ हजार ५ सय ६६ रहेको छ । यसैगरी, प्रदेश १ मा एक लाख ७४ हजार सात सय ८२, प्रदेश २ मा एक लाख १२ हजार ९ सय ४६, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६ सय ३३ जना, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८ सय ८५ र सुदूरपश्चिम प्रदेशमा ७४ हजार ७ सय ५६ जना रहेका छन् ।

 

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !