पाँच वर्षमुनिका बालबालिकामा विभिन्न रोगको संक्रमण बृद्धि

आजभोलि

बाजुरा । जिल्लामा पछिल्लो समयमा बालबालिकामा विभिन्न रोगको संक्रमण देखिन थालेका छ । हिजो बुधबार जिल्ला अस्पताल बाजुराले गरेको पत्रकारसँगको अन्तक्र्रियामा उक्त कुरा बताएको हो ।

पछिल्लो चार वर्षयता बालबालिकामा निमोनिया, झाडापखालालगायतका रोगको संक्रमण बढेको अस्पतालका प्रमुख डा. प्रकाशराज जोशीले बताएका थिए । उनले पछिल्लो दुई सातायता ३७ बालबालिकालाई कोरोनासँग मिल्दोजुल्दोे रोगको संक्रमण बढ्दै गएको बताइएको छ ।

कोरोनासँग लक्षण मिल्ने रोगको उपचार गराउन अस्पताल आउनेको संख्या बढेको बताइएको छ । यही साउन १५ गतेयता अस्पतालमा ३७ बालबालिका निमोनियालगायतका रोगले पीडित भई उपचारमा आएको तथ्यांक पत्रकारसँगको अन्तक्र्रियामा सार्वजनिक गरिएको छ ।

उता अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बालबालिकामा श्वासप्रश्वासमा समस्या आउने, झाडापखाला लाग्ने, ज्वरो आउनेलगायतका लक्षण देखा परेको बताएका छन् । रोगको प्रकृति हेर्दा नयाँ भेरियन्टको डेल्टा नामक कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो भएकाले बालबालिका बढी प्रभावित भएको बताइएको छ ।

एकाएक सबै पाँच वर्षमुनिका बालबालिकामा संक्रमण देखिएको अस्पतालले जनाएको छ । जिल्लामा विगत चार वर्षको तुलनामा यो वर्ष सबैभन्दा डरलाग्दो संक्रमण देखिएको कार्यालय प्रमुख डा जोशीको भनाइ छ । अस्पताल भर्ना भएकामध्ये ३० जना निको भएर घर फर्किएका छन् । त्यसैगरी छ जनाको अझै उपचार भइरहेको छ ।

एक जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ । भर्ना भएकामध्ये दुई बालबालिकाको अवस्था गम्भीर रहेको अस्पतालका कार्यालय प्रमुख डा जोशीले बताएका छन् । उपचारका लागि भर्ना भएकामध्ये अधिकांशमा ज्वरो, निमोनिया, श्वासप्रश्वास र पखालाको सङ्क्रमण देखिएको छ ।

तीमध्ये केहीलाई अक्सिजनको सहारामा उपचार गर्नुपरेको छ । मौसमी संक्रमण हो वा भाइरल ज्वरो हो भन्ने यकिनका लागि परीक्षण गर्न केन्द्रीय प्रयोगशाला पठाइएको कोभिड–१९ सूचना अधिकारी चूडामणि पन्तले बताएका छन् ।

कोरोना लक्षणसँग मिल्ने हुँदा एन्टिजेन जाँच गर्दा नेगेटिभ देखाए पनि ज्वरोको सङ्क्रमण मात्र हो भन्ने अवस्था नरहेको अस्पतालका कोभिड–१९ सूचना अधिकारी पन्तले बताउनुभयो । स्वास्थ्यकर्मीले कोरोनाको तेस्रो लहर हुनसक्ने अनुमानसहित थप जाँचको आवश्यकता देखिएको बताएका छन् ।

पाँच वर्षभन्दा कम उमेर समूहका अधिकांशका एकाएक एकै प्रकारको सङ्क्रमण र लक्षणको समस्या देखिनु सामान्य नहुने भएकाले घर परिवारले ख्याल गर्नुपर्ने अस्पतालले जनाएको छ । सामान्य लक्षण देखिनेलगत्तै उपचारका लागि ल्याउनुपर्ने र खानपान, सुरक्षा र सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।

 

 

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !