सरकारले डेढ करोडभन्दा बढी डोज कोभिडविद्धको खोप खरिद गर्ने

आजभोलि

काठमाडौं । २ करोड ९७ लाख १५ हजार ५१७ जनसंख्या रहेको नेपालमा ३७ लाख १८ हजार ३०३ जनाको मात्र नमुना परीक्षण गरिएको छ । करिब ३७ लाखको परीक्षण गर्दा २०७८, साउन २७ गते साँझसम्ममा ७ लाख २३ हजार २९६ जना कुल संक्रमित पुष्टि भएको छ ।

त्यस्तै, ६ लाख ७५ हजार ८३ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । कुल संक्रमितमध्ये १० हजार १८० जनाको निधन भैसकेको छ भने नेपालमा बुधबार साँझसम्म ३८ हजार ३३ जना सक्रिय संक्रमित छन् । सक्रीय संक्रमितमध्ये काठमाडौं उपत्यकामा ११ हजारभन्दा बढी रहेका छन् ।

सरकारले कोभिड–१९ विरुद्धको खोप लगाउने केन्द्र विस्तार गरी १६ हजार पु¥याउने योजना बनाएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत यो जानकारी दिएका हुन् ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोपको आपूर्ति बढाएर आगामी चैत मसान्तभत्रि सम्पूर्ण नागरिकलाई खोप लगाइसक्ने प्रतिवद्धता दोहो–याएका छन् । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लेखेका छन्– अहिले ४,४२२ खोप केन्द्र रहेकोमा खोपको आपूर्ति बढाएर १६ हजार खोप केन्द्रबाट कोभिड–१९ विरुद्धको खोप वितरण गर्ने योजना छ ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लेखेका छन्– अहिले ४,४२२ खोप केन्द्र रहेकोमा खोपको आपूर्ति बढाएर १६ हजार खोप केन्द्रबाट कोभिड–१९ विरुद्धको खोप वितरण गर्ने योजना छ । विगत केही सातायता कोरोनाभाइरस संक्रमण बढेसँगै अस्पतालहरूमा पनि चाप बढेको बताइएको छ ।

बढी जनसंख्या रहेको तथा देशका विभिन्न भागबाट आवतजावत बढी हुने संघीय राजधानी काठमाडौंका सरकारी तथा निजी अस्पतालहरूमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरू आउने संख्या निरन्तर बढ्दो क्रममा रहेको बताइएको छ ।

यसैबीच सरकारले कोभिड–१९ को खोप किन्न १९ अर्ब ५८ करोड ऋण लिने भएको छ । ऋण लिने–दिने गरी सरकार र एशियाली विकास बैंक (एडीबी) बीच सम्झौता भएको हो । सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सहुलियत ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिड विरुद्धको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्ने बताइएको छ । यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुनेछन् । नयाँ सरकार बनेपछि यो सम्झौता भएको हो ।

उता खास गरी सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने मानिसहरूको संख्या बढ्दै गर्दा आफूहरू कहाँ त्यस्ता शैया उपलब्ध नरहेको अस्पतालहरूले जानकारी दिएका छन् ।

गत मङ्गलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकका अनुसार नेपालमा कुल परीक्षणको १९.४ प्रतिशतमा कोभिड–१९ पुष्टि भैरहेको छ । नेपालमा कोभिडका कारण मृत्यु हुने मानिसको संख्या १० हजारभन्दा बढी भएको छ ।

सरकारी तथ्यांकअनुसार काठमाडौं उपत्यकाका सरकारको स्वामित्व रहेका अस्पतालहरूमा जेनरल÷एचडीयू शैयाको संख्या २ हजार ६६ मात्र छ । त्यस्तै आईसीयूको संख्या ३११ र आईसीयू शैयासँगै प्रयोग भएका भेन्टिलेटरको संख्या १३९ छ ।

सूचीकृत १२ अस्पतालमध्ये चार वटामा मात्रै २ सयभन्दा बढी जेनरल÷एचडीयू शैया छन् । त्यस्तै दुई अस्पतालमा मात्रै ५० भन्दा बढी आईसीयू रहेका छन् । खास गरी सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने मानिसहरूको संख्या बढ्दै गर्दा आफूहरू कहाँ त्यस्ता शैया उपलब्ध नरहेको अस्पतालहरूले जानकारी दिएका छन् ।

सबैभन्दा बढी धुलिखेल अस्पतालमा ६४ वटा आईसीयू शैया छन् । त्यसपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ५१ वटा त्यस्ता शैया छन् । सरकारले विगतमा निजी अस्पतालहरूसँग पनि सम्झौता गरेर सरकारीमा शैया प्राप्त गर्न नसकेका सर्वसाधारणहरूलाई ती अस्पतालमा पठाउने गरेको थियो ।

तर कोरोनाभाइरस संक्रमण फेरि बढ्न थालेको बताइराखिएका बेला हाल त्यस्तो नयाँ सम्झौता भने भइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेको अवस्थालाई मध्येनजर गरी विभिन्न अस्पतालहरूको विभिन्न भनाइ रहेको छ ।

जस्तै ः पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राध्यापक डा. रवि शाक्यका अनुसार त्यहाँ हाल कोभिडको बिरामीका लागि छुट्ट्याइएको पूर्वाधार लगभग भरिभराउ भएको भएका छन् । उक्त अस्पतालमा गत सोमवार बिहानसम्म २५८ जना संक्रमित भर्ना भएका थिए ।

पाटन अस्पतालमा आईसीयू र भेन्टिलेटर ‘पाइहाल्ने अवस्था नरहेको’ बताइएको छ । कहिलेकाहीं त ठाउँ नभएर बिरामी फर्काउनुपर्ने अवस्था आउन थालेको शाक्यको भनाइ छ । पाटन अस्पतालमा कोभिड–१९ का नयाँ बिरामी भर्ना हुने औसत दर ३० प्रतिशत रहेको पाइएको छ ।

सरकारले कोभिड महामारी नियन्त्रण तथा रोकथामका लागि लागु गरेको कडा प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्दै गर्दा त्यो दर १० प्रतिशत भन्दा कम रहेको उनले जानकारी दिए । पाटन अस्पतालमा कोभिडका लागि भनेर छुट्ट्याइएको शैया संख्या ३ सय छ भने अन्य बिरामीहरूका लागि ३५० वटा शैया छुट्टाइएको छ ।

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !