अविरल वर्षाका कारण मेलम्चीमा फेरि तीन घर बगायो

आजभोलि

काठमाडौं, २ भदौ । अविरल वर्षका कारण गएराति मेलम्ची नदीमा आएको बाढीले फेरि तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरमा रहेको तीनवटा घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी गराएका हुन् ।

उनले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको जानकारी दिएका हुन् । बाढीका कारण अन्य घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ । यी घर यसअघिको बाढीले जोखिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जनाएका हुन् ।

गत साउन १६ पछि आएको बाढीले मात्रै सिन्धुपाल्चोको मेलम्ची क्षेत्रका १११ घरटहरा बगाइसकेको छ । गत असार १, साउन १६ यता निरन्तर गएको बाढीले पाँच जनाको मृत्यु, छ घाइते र २० बेपत्ता भएका छन् । योसँगै मेलम्ची नदी तटीय क्षेत्रका सयौँ घर, खेत, पुल तथा सडक अभैm जोखिममा रहेका छन् ।

 

  • २ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !