माधव नेपाल छाडेर जानेलाई ओलीले उचित ठाउँ देलान्

आजभोलि

काठमाडौं, २ भदौ । अन्तिम माधवकुमार नेपाललाई काध हालेर आएका केही नेताको अबको भविष्य के भन्ने विषय अन्योलमा छ । एमाले अध्यक्ष केपी ओलीको एकोहोरो पेलाइबाट आजित भएर दोस्रो तहका नेताकै भविष्यका लागि माधव नेपालले ओलीसँग लडाइँ लडेका थिए ।

खासगरी नेपालले भीम रावल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, र घुजी पन्तका लागि ओलीसँग आन्तरिक संघर्ष गरेका हुन् । तर, अहिले तिनै नेताले नेपालको साथ छाडेका छन् ।

भीम रावलले कार्यबाहक अध्यक्ष र अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीको लोभमा माधव नेपाललाई छाडेर ओलीको क्याम्पमा हाम फालेका छन् । तर, ओली नेतृत्वको एमालेमा यी दोस्रो तहका नेताहरुको हैसियत पनि ‘एस म्यान’ बन्नेबाहेक केही हुन्न भन्ने विषयमा ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेलहरूको हविगत हेर्दा प्रष्ट हुन्छ ।

दोस्रो तहका नेताहरू पार्टी नेतृत्वलाई हस्तक्षेप गर्न सक्ने हैसियतमा नरहेको एमाले विभाजनले पुष्टि गरिसकेको छ । त्यसै पनि माधव पक्षसँग लामो समयदेखि लागेका नेताहरूलाई ओलीले त्यति मन पराउँदैनन् ।  तर, पनि पार्टीको नाम र सूर्य चुनाव चिन्हको लोभमा माधव नेपाललाई छाडेर जाने नेताहरुको राजनीतिक भविष्य त्यति सहज र फलदायी देखिँदैन ।

उता झलनाथ खनाल छाडेर भीम आचार्य ओलीसँग लाग्नु मुख्यमन्त्रीको लोभमै भएको केही दिनमा छर्लङ्ग हुने छ ।  किनभने बागमतीपछि प्रदेश १ को सरकार पनि छिट्टै परिवर्तन हुँदैछ । त्यहाँ ओलीले शेरधन राईलाई राजीनामा दिन लगाएर आचार्यलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएका छन् ।  जसरी बागमतीमा डोरमणि पौडेललाई राजीनामा दिन लगाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइयो ।

तर, बागमतीमा मुख्यमन्त्री शाक्यलाई विश्वासको मत पाउन फलामको चिउरा हुनेछ । किनभने एक सय नौ सदस्यीय प्रदेश सभामा ओली एमालेको ३४, नेपाल एमालेको २२, कांग्रेसको २२, माओवादी केन्द्रको २३ सांसद छन् । राप्रपा र विवेकशील साझाका तीन, तीन सांसद रहेका छन् । यदि माधव नेपाल पक्षका २२ सांसद प्रदेश सभामा उपस्थित नहुनेवित्तिकै अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद पनि गुम्ने पक्का देखिन्छ ।

 

  • ३ भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !