भारतमा कांग्रेस नेता गिरीको उपचार हुँदै

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीको भारतको मुम्बईमा उपचार भइरहेको छ ।

घाँटीमा समस्या देखिएपछि केही दिनअघि मुम्बईस्थित हिन्दुजा अस्पतालमा उनलाई भर्ना गरिएको उनको परिवारिक स्रोतले जनाएको छ । घाँटीमा एक्कासि समस्या देखिएपछि नेता गिरी उपचारका लागि मुम्बई गएका हुन् ।

उनको स्वास्थ्यावस्थाबारे जानकारी लिन कांग्रेस उपसभापति विमलेन्द्र निधि आज मुम्बई गएको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

उपचारका लागि मुम्बई जानुअघि उपसभापति निधि र नेता गिरीबीच उपचारबारे सल्लाह भएको बताइएकोे छ । “भोलि शुक्रबार निधिले गिरीलाई भेटेपछि उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी प्राप्त हुने दाहालले बताए ।

 

  • ३ भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !