बागमती मुख्य मन्त्रीमा अष्टलक्ष्य शाक्य नियुक्त

आजभोलि

काठमाण्डौं, २ भदौ । माधव नेपाल समुहकी निष्ठावान महिला नेता मानिएकी अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्य मन्त्री बनेकी छन् । डोरमणि पौडेललाइ राजीनामा दिन लगाएर उनको ठाउँमा शाक्यलाइ एमाले संसदीय दलको नेता अनि मुख्य मन्त्री वनाइएको हो ।

तर, पटक पटक उनलाई मुख्यमन्त्री वनाउने प्रस्ताव गर्दा राजेन्द्र पाण्डे वा अरुलाइ नै बनाउनु भन्दै आएकी शाक्य अचानक एमाले फुटेकै दिन मुख्य मन्त्री बनिन् । उनी मुख्यमन्त्री बनेपछि नेपालको एक मात्र महिला मुख्यमन्त्री भनेर वधाइ दिनेको ओइराले लोको छ । अब उनले तीन दिनभित्र विश्वासको मत लिनुपर्छ ।

विश्वासको मत नपाए उनको मुख्यमन्त्री जान्छ । यसैकारण उनी कति दिनको लागि मुख्य मन्त्री हुन् चर्चा सर्वत्र छ । वागमती प्रदेशको ठूलो दल एमाले हो । तर, यसबाट एमाले विभाजित भएपछि उनको सरकार धरापमा परेको देखिन्छ । माधव नेपालसँग मुख्यमन्त्री बन्न अनुमति लिएकी अष्टलक्ष्मीले अब विश्वासको मत लिन उनको पक्षधरको मत लिनुपर्छ ।

यदि माधव पक्षले मत दिएन भने उनको सरकार उनको सरकार तुरुन्तै ढल्छ । यदि शाक्य माधव नेपालतिर आइनन् भने उनको सरकार ढल्ने निश्चित छ । उनी सवैभन्दा छोटो समय सरकार बनाउने मुख्यमन्त्री हुनेछिन् । तर, यदि माधव समुहतिर आइन् भने एमाले समाजवादी, माओवादी, कांग्रेससहितको समर्थनमा उनको सरकार कायम रहनेछ ।

  • ४ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !