काठमाडौंमा कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइँदै

आजभोलि

काठमाडौं, ४ भदौ काठमाडौँ । सरकारले आजबाट काठमाडौंमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन सुरु गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १८ वर्षमाथिका कक्षा ११ र १२ मा अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका परीक्षार्थीहरूलाई खोप दिन लागेको हो । दुइदिनसम्म चल्ने खोप अभियानअन्तर्गत विभिन्न ९ वटा अस्पतालमा खोप लगाउने व्यवस्था मिलाएको हो ।

आजदेखि नै काठमाडौं उपत्यकामा विश्वविद्यालयको परीक्षा दिन प्रवेश परीक्षा लिएका विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको छ ।

काठमाडौं महानगरपालिका भित्र रहेका ३२ वडा वडाहरू र आवश्यकताअनुसार पालिकाले तोकेका खोप केन्द्रबाट खोप लगाउन पाइने महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

काठमाडौंमा सशस्त्र प्रहरी अस्पताल, बलम्बु, वीरेन्द्र सैनिक अस्पताल, छाउनी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज र राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसीमा खोप लगाउन व्यवस्था मिलाइएको छ ।

त्यस्तै वीर अस्पताल, निजामति कर्मचारी अस्पताल, शिक्षण अस्पताल, महाराजगञ्ज, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली र काठमाडौं महानगरपालिकाका ३२ वटै वडाहरुमा समेत खोप लगाउन पाइनेछ ।

 

  • ४ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !