प्रदेश १ का नौ केन्द्रीय सदस्य र दुई संघीय सांसदको नेपाललाई साथ

आजभोलि

काठमाडौं । माधव नेपाल नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई प्रदेश १ का नौ केन्द्रीय सदस्य र दुई सांसदले साथ दिएका छन् ।

नेकपा एमालेका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता झलनाथ खनालसहित प्रदेश १ का नौजना केन्द्रीय सदस्य एमाले विभाजन पश्चात नेकपा (एकीकृत समाजवादी) मा सहभागी भएका हुन्।

नेकपा एमालेभित्र चलिरहेको अन्तरसंघर्षमा नेपाल समूहमा आवद्ध भएका १६ जना केन्द्रीय सदस्यमध्ये ९ जनाले निर्वाचन आयोगमा उपस्थित भई विभाजनको पक्षमा सनाखत गरेका छन् । नवगठित पार्टीमा प्रदेश १ बाट २ जना मात्र संघीय सांसदले साथ दिएका छन्।

जसमा वरिष्ठ नेता खनाल र तेह्रथुमका भवानी खापुङ मात्र नयाँ पार्टीमा आबद्ध भएका हुन् । खनाल भारतको दिल्लीस्थित अस्पतालमा उपचाररत रहेकोमा निर्वाचन आयोगले दिल्लीस्थित नेपाली दुतावासमार्फत उनको सनाखत लिएको छ हो ।

खापुङ आफैँ उपस्थित भएका थिए। प्रदेश १ बाट नेपाल समूहमा रहेका संघीय सांसद योगेश भट्टराई, पवित्रा निरौला, पर्शु मेघी गुरुङ, जयकुमार राई र यज्ञराज सुनुवार नेपालसँग नयाँ पार्टीमा प्रक्रियामा सहभागी थिएनन् ।

केन्द्रीय सदस्यमा खनालबाहेक भोजपुरकी जयन्ती राई, उदयपुरका जगन्नाथ खतिवडा, झापाकी गौरा प्रसाई, मोरङका घनेन्द्र बस्नेत, भोजपुरका राजेन्द्र राई, उदयपुरका बलदेव चौधरी, मोरङका देउमान साम्बाहाम्फे र सुनसरीका महमत महफुज अन्सारी नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गर्न निर्वाचन आयोगमा सहभागी भएका हुन्।

खोटाङका राजन राई सनाखतको लागि निर्वाचन आयोगमा पुगेका भएपनि यसअघि नयाँ पार्टी दर्ताको लागि दिएको निवेदनमा नाम नभएको भन्दै आयोगले उनको सनाखत गराएन ।

एमालेभित्रको अन्तरसंघर्षका क्रममा माधव समूहमा रहेका एमाले सचिवद्वय भीम आचार्य र योगेश भट्टराईसहित केन्द्रीय सदस्य रविन कोइराला, भाष्कर काफ्ले, जीवन घिमिरे, यज्ञराज सुनुवार र धर्मराज निरौलाले पार्टी विभाजनको पक्षमा साथ दिएनन्।

भट्टराई र आचार्य एमाले बैठकमै सहभागी भइसकेका छन् भने अन्य केन्द्रीय सदस्य पनि विभाजनको पक्षमा उभिएका छैनन। यसअघि भाष्कर काफ्लेले निर्वाचन आयोगमा विभाजनको लागि दिएको निवेदनमा हस्ताक्षर गरेपनि सनाखत गर्न भने उपस्थित भएनन।

नेकपा (एमाले) बाट विभाजन भएका हुनाले उक्त दलको तत्कालीन कायम रहेको २०३ मध्ये दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य समर्थन आवश्यक पर्दथ्यो । पुराना राजनीतिज्ञ महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई पनि आयोगले आजै दलको मान्यता प्रदान गरेको छ ।

 

  • १० भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !