लोसपाको पहिलो कार्यकारिणी समिति बैठक बस्दै

आजभोलि

काठमाडौं । पार्टीको आगामी रणनीति बनाउन लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ः०० बजे बस्ने बैठकले आगामी कार्यनीति र रणनीतिबारे छलफल गर्ने सो पार्टीले जनाएको छ ।

निर्वाचन आयोगबाट बुधबार नयाँ दलको मान्यता पाएको सो पार्टीको पहिलो कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । मुलुकको समसामयिक परिस्थितिबारे पार्टीको धारणा तथा आगामी कार्यनीति र रणनीतिबारे बैठकले निचोड निकाल्ने कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

उनका अनुसार परिवर्तित अवस्थामा पार्टीको भूमिका, आफूले उठाउँदै आएका माग तथा वर्तमान सरकारमा सहभागिता आदि विषयमा पनि बैठकमा छलफल हुनेछ । पार्टीले आफ्ना माग सम्बोधन हुने अवस्थामा सरकारमा सहभागिता जनाउन सकिने सङ्केत गरिसकेको छ ।

यस विषयमा औपचारिक धारणा आइसकेको छैन । महन्थ ठाकुरका अध्यक्षतामा स्थापना भएको पार्टीको ३१ सदस्यीय कार्यकारिणी समिति छ । सो पार्टीका वरिष्ठ नेताद्वयमा राजेन्द्र महतो र शरत्सिंह भण्डारी रहनुभएको छ । यसैबीच जसपाबाट विभाजन भई नयाँ गठन भएको लोसपा केन्द्रीय कार्यालय साविकबमोजिम बबरमहलमा रहने भएको छ ।रासस

  • १० भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !