बागमती प्रदेशमा हुँदै आएको विद्युत् चुहावट घट्दै

आजभोलि

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको वाग्मती प्रदेश कार्यालय हेटौँडाको विद्युत् चुहावट कम हुँदै गएको छ । प्रदेश कार्यालयअन्तर्गतका छ विद्युत् कार्यालयको चुहावट घट्दै गएको हो ।

उक्त कार्यालयअन्तर्गत आर्थिक वर्ष २०७६÷०७७ मा डिभिजन कार्यालयको विद्युत् चुहावट ८।०८ प्रतिशत रहेकामा गत आव २०७७÷०७८ मा ७।७२ प्रतिशतमा झरेको छ । उक्त कार्यालयको ६।३७ प्रतिशतमा चुहावट कम गर्ने लक्ष्य रहे पनि पुग्न सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन कार्यालय हेटौँडाअन्तर्गत मकवानपुर, चितवन र सिन्धुली गरी तीन जिल्लाका छ विद्युत् वितरण केन्द्र रहेका छन् । हेटौँडाअन्तर्गत हेटौँडा वितरण केन्द्र, पालुङ वितरण केन्द्र र टाँडी वितरण केन्द्र, भरतपुर वितरण केन्द्र चनौली र सिन्धुली वितरण केन्द्र रहेका छन् ।

चितवनको टाडी विद्युत् वितरण केन्द्रको विद्युत् चुहावट १२।७७ प्रतिशतमा झरेको छ । आव ०७६÷०७७ मा १६।५३ प्रतिशत रहेकामा गत आवमा चुहावट नियन्त्रणमा आएको बताइएको छ । टाडीको चुहावट १२।५० प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ।

यसैगरी चितवनको भरतपुर वितरण केन्द्रमा पनि विद्युत् चुहावट दर घटेको छ । गत आव ५।४८ प्रतिशतमा विद्युत् चुहावट झरेको छ । त्यसैगरी सिन्धुलीको चनौली विद्युत् वितरण केन्द्रमा पनि विद्युत् चुहावट कम भएको बताइएको छ । अघिल्लो आव २०७६÷०७७ मा १६।३६ प्रतिशत चुहावट रहेकामा गत वर्ष १४।५१ प्रतिशतमा पुगेको छ ।

त्यहांँको विद्युत् चुहावट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । त्यसैगरी सिन्धुली विद्युत् वितरण केन्द्रको विद्युत् चुहावट बढेको तथ्याङ्क पाइएको छ । अघिल्लो आव २०७७÷०७८ मा चुहावट बढेर१६।५२ प्रतिशतमा पुगेको छ । सिन्धुली वितरण केन्द्रले गत वर्ष छ प्रतिशतमा चुहावट झार्ने लक्ष्य लिएकामा १६।५२ प्रतिशत पुगेको छ ।

यसैगरी मकवानपुरको हेटाँैडा वितरण केन्द्रमा चुहावट केही बढेको पाइएको छ । गत वर्ष विद्युत् चुहावट ५।११ प्रतिशतमा पुगेको बताइएको छ । त्यस्तै मकवानपुरको उत्तरी क्षेत्रमा रहेका पालुङ वितरण केन्द्रको आव २०७७÷०७८ मा विद्युत् चुहावट केही बढेको जनाइएको छ।

पालुङ वितरण केन्द्रले विद्युत् चुहावटलाई गत वर्षमा ७।५ प्रतिशतमा झार्ने लक्ष्य लिए पनि आव २०७६÷०७७ मा ८।३५ प्रतिशत चुहावट रहेको तर गत आवमा विद्युत् चुहावट २६।५५ प्रतिशत पुगेको बताइएको छ।

 

  • १२ भाद्र २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !