नेपाली कांग्रेसले वडा अधिवेशनका लागि प्रतिनिधि खटायो

आजभोलि

काठमाडौँ । देशकै पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसले वडा अधिवेशनका लागि प्रतिनिधि खटाएको छ । कांग्रेस केन्द्रीय कार्यालयले ४८ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ ।

१४औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्य सम्पन्न भएका विवरण वेबसाइटमार्फत सार्वजनिक गरेको छ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले औपचारिक रुपमै आपूले सभापतिमा उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् ।

हिजो शुक्रबार विभिन्न मठ–मन्दिरका पुजारीहरुलाई ल्याएर साइजुराई विधिपूर्वक पुजा–आजा गरेर सम्पर्क कार्यालयका उद्घाटन गरे । यसले काँग्रेसक राजनीतिमा नयाँ तरङ्ग ल्याइदिएको छ ।

उता नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमा विवरण सार्वजनिक गरेको हो । संयोजक महादेवप्रसाद यादवले जिल्लाहरूका क्रियाशील सदस्यको नामावली नेपाली कांग्रेस निर्वाचन निर्देशिका अनुसार विवरण सार्वजनिक गरिएको जानकारी दिएका छन् ।

साथै समितिले सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतहरूलाई समेत खटाइसकिएको उनले जानकारी दिए । नेपाली काँग्रेसले बिहीबार र शुक्रबार गरेर विवरण सार्वजनिक गरेको जनाएको छ ।

तर, क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्न माग गर्दै रिले अनशनमा बसेका रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरूले भने सबै विवरण सार्वजनिक नभएकाले अनशन निरन्तर जारी रहने बताएका छन् ।

त्यस्तै, १४औं महाधिवेशनको संघारमा रहेको काँग्रेसका नेताहरु छलफलमा जुटेका छन् । जिल्ला सभापतिहरुको अनसन र धर्ना तथा ६ दिनपछिको वडा अधिवेशनको सन्दर्भमा नेताहरुबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको समय अनुकुल हुने गरी वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरु साँझको समय लिएर बालुवाटार पुगेका थिए।

छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री प्रकाशशरण महत, पूर्वसहमहामन्त्री रामशरण महत, केन्द्रीय सदस्यहरु मिनेन्द्र रिजाल र रमेश लेखक लगायत सहभागी रहेका थिए ।

शुक्रबार बिहान बसेको पौडेल समूहले बैठकले सतहमा देखिएका समस्याहरुको समाधान गरेर मात्रै वडा अधिवेशन गर्ने वातावरण बनाउन माग गर्ने निर्णय गरेको थियो । त्यही माग लिएर पौडेलसहितका नेताहरु बालुवाटार पुगेका थिए ।

  • १२ भाद्र २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !