प्रदेशस्तरीय पशुपक्षी अस्पताल बनाइने

आजभोलि

चितवन । पशुपक्षी पालनमा अग्रणी जिल्लाका रुपमा चिनिएको यस जिल्लामा प्रदेशस्तरीय पशुपक्षीको अस्पताल बनाउनका लागि प्रस्ताव गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका अनुसार अस्पताल निर्माणका लागि प्रस्तावना पत्र मन्त्रालयमा पठाइ सकिएको छ ।

वार्षिक रु दुई करोड बजेट विनियोजना गर्ने गरी अस्पताल निर्माणका लागि प्रस्ताव गरिएको कार्यालय प्रमुख डा दयाराम चापागाईंले जानकारी दिए । उनका अनुसार सो अस्पताल पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ ।

जिल्लाका व्यवसायीको मागअनुसार अत्याधुनिक प्रयोगशालासहितको अस्पताल प्रस्ताव गरिएको हो । अहिले चितवनको विज्ञ केन्द्रमा सामान्य किसिमको प्रयोगशाला मात्र छ । जसले गर्दा नयाँ प्रकृतिका रोग देखिएमा पत्ता लगाउन धेरै समय लाग्ने र काठमाडौँ पठाउनुपर्ने बाध्यता रहेको उनले बताए ।

रोगको पहिचान र पशुपक्षीको उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्न प्रस्ताव गरिएको पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख डाक्टर दयाराम चापागाईंले जानकारी दिए । गत वर्ष चितवनमा देखिएको रोगका कारण केही गाईको मृत्यु भयो भने दूध उत्पादनमा समेत गिरावट आएको थियो ।

सोही रोग पहिचानका लागि चितवनबाट काठमाडौँ नमूना पठाइएकामा दुई सातापछि मात्र नतिजा प्राप्त भएको थियो । सो अवधिमा धेरै क्षति भइसकेको उहाँले जानकारी दिए ।

अहिले सीमित जनशक्तिले काम गर्नुपर्ने बाध्यता रहेको प्रमुख चापागाईंले बताए । यस जिल्लामा वार्षिक एक लाख १० हजार ६३१ मेक्ट्रिकटन दूध उत्पादन हुँदै आएको छ । माछा, कुखुरालगायतमा जिल्ला आत्मनिर्भर छ ।

  • १३ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !