घरमा आगलागी हुँदा दम्पतीको जलेर मृत्यु

आजभोलि

काठमाडौं । लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका–९ स्थित एक घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ । आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्दथे । त्यही समयमा ग्यास लिग भएर आगलागी भएको हुनसक्ने पनि प्रहरीले आशंका गरेको छ ।

यसैगरी १०÷१५ दिनअघि मात्रै बढी मादक पदार्थ सेवन गर्ने गरेकाले दुवै जना सुधार केन्द्रमा बसेर घर फर्किएको जनाइएको छ । ढुङ्गामाटाको गाह्रो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर जलेर नष्ट भएको छ ।

घरभित्र रहेका केही पनि सामान निकाल्न नभ्याएको प्रहरीले जनाएको छ । त्यहाँका घरहरू पनि टाढाटाढा छन् । प्रहरीले ढिलो खबर पाएकाले समयमै पुग्न नसकेको बताएको छ ।

के कति भौतिक क्षति भयो भन्नेबारे यकिन भइनसकेको प्रहरीको भनाइ छ । धर्मराज पूर्वगोरखा सैनिक रहेको स्थानीयको भनाइ छ ।

 

  • १५ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !