एम्बुलेन्स सञ्चालनका लागि ३० लाख सङ्कलन

आजभोलि

काठमाडौं । तनहूँमा नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखा व्यास–१० ले थालेको सामुदायिक एम्बुलेन्स सञ्चालन अभियान ल्याएको छ । उक्त एम्बुलेन्स सञ्चालनका लागि रु ३० लाख हाराहारी रकम सङ्कलन भएको छ ।

गतवर्ष भदौ १९ गते नेपाल रेडक्रस सोसाइटी दिवसको दिन थालेको अभियानमा एक वर्षको अवधिमा उक्त रकम सङ्कलन गरी एम्बुलेन्स खरिद गरेको हो । उक्त अभियानअन्तर्गत हालसम्म रु २९ लाख नौ हजार ७७५ सङ्कलन भएको उक्त सोसाइटी उपशाखाले जनाएको छ ।

सङ्कलन भएको रकममध्ये रु १२ लाख ८७ हजार एम्बुलेन्स खरिद, बीमा र एसी जडानलगायत खर्च भएको थियो । उपशाखाका सभापति रामदत्त पौडेलले जानकारी दिए । बोलकबुलका केही रकम उठ्न बाँकी रहेकाले केही दिनपछि हुन गई रहेको सम्मान कार्यक्रममा उक्त सङ्कलन हुने विश्वास गरिएको उनी बताउँछन् ।

उपशाखाले एम्बुलेन्स खरिद गरी सञ्चालन गर्न थालेपछि नेपाल रेडक्रस सोसाइटी दिवसकै दिन यही आउँदो भदौ १९ गतेबाट अर्थ सङ्कलन कार्य बन्द गर्न लागेको हो । सामुदायिक एम्बुलेन्स सञ्चालन अभियानमा सहयोग पु¥याउने व्यक्ति, सङ्घसंस्थालाई सम्मान तथा प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम तय गरिएको उपशाखाका सभापति पौडेलले जनाएका छन् ।

उक्त अभियानमा रु २५ हजारभन्दा बढी सहयोग गर्ने व्यक्ति तथा संस्थालाई उपशाखा र जिल्लाको सिफारिसमा प्रदेशले केन्द्र अनुमति लिएर प्रमाणपत्र प्रदान गरिने छ । उपशाखाले थालेको अभियानमा व्यक्ति तथा सङ्घसंस्था गरी १९२ वटाले आर्थिक सहयोग गरेका अर्थ सङ्कलन समितिका सचिव श्रीकृष्ण आचार्यले जनाएका छन् ।

वैशाख महिनादेखि एम्बुलेन्स सञ्चालन गर्ने लक्ष्य राखिएकोमा कोभिड–१९का कारण दुई महिना ढिलाइ हुन गएको उनले बताए । सो अभियानमा रु एक लाखभन्दा बढी सहयोग गर्ने एयस्कर एक, रु २५ हजार बढी दिने विशिष्ट व्यक्ति १० र संस्थागत सदस्य ११ जना रहेका छन् ।

अतिविपन्न परिवारलाई सम्बन्धित टोल विकास संस्थाको सिफारिसमा आवश्यक परेमा निःशुल्क सेवा उपलब्ध गराउने गरी एम्बुलेन्स व्यवस्था गरिएको सोसाइटीले जनाएको छ ।

  • १५ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !