लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आजका लागि तय भएको बैठक स्थगित भएको छ । नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो ।
मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वमा नयाँ सरकार गठन भएपछि बोलाइएको नवौँ अधिवेशनको बैठक स्थगित भएको छ । बैठक प्रतिपक्षी नेकपा (एमाले) अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको छ ।
आफ्नो पार्टीले कारबाही गरेका विमलाकुमारी वली र अजय शाहीलाई कारबाही गर्नुपर्ने माग गर्दै एमालेले बैठक अवरुद्ध गर्दा बैठक स्थगन हुँदै आएको थियो । भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा भने एमालेले प्रदेशसभा बैठक बहिष्कार गरेको थियो । मुख्यमन्त्रीले विश्वासको मत लिएपछि बैठक आजसम्म स्थगित भएको थियो ।