दशरथचन्द नपामा जात्राका लागि दुई दिन सार्वजनिक बिदा

आजभोलि

काठमाडौं । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वडा नं २ स्थित देहिमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरप्रमुख नरेन्द्रसिंह थापाका अनुसार असोज ३ र ४ गते नगरपालिकाअन्तर्गत रहेका सबै सरकारी कार्यालय, गैरसरकारी संस्थामा बिदा हुनेछ । निङ्गलाशैनी भगवती मन्दिर प्रसिद्ध शक्तिपीठका रूपमा चिनिन्छ ।

त्यहाँ हरेक वर्ष भाद्र शुक्ल त्रयोदशीदेखि शुरु हुने यो जात्रा भाद्र शुक्ल पूर्णिमाका दिन समापन हुने गर्दछ । यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलनसमेत रहिआएको छ । यो जात्रामा बलि दिने चलन नरहेको निङ्गलाशैनी भगवती मन्दिरका मुखिया मानबहादुर बोहराले बताउनुभयो ।

जात्रामा निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । जात्रामा नेपाल र भारतका विभिन्न क्षेत्रका दर्शनार्थी आउने गर्दछन् ।

 

  • १ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !