व्यवसायीद्वारा यातायातलाई सहज बनाउने प्रतिबद्धता

आजभोलि

कठमाडौं । ताप्लेजुङका यातायात व्यवसायीले यातायातलाई सहज र सर्वसुलभरुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । सिट क्षमताका आधारमा सहजरुपले टिकटको प्रबन्ध गरी सेवा प्रदान गर्न उनीहरु प्रतिबद्ध भएका हुन् ।

जिल्ला यातायात व्यवस्थापन समितिका पदाधिकारी र यातायात व्यवसायीबीचको संयुक्त बैठकका क्रममा भाडादरमा कालोबजारी हुन नदिने र सिट क्षमताअनुसार स्वास्थ्य सुरक्षा अपनाएर यात्रु राख्ने व्यवसायीले जनाएका छन् । नजिकिएको चाडबाड र पाथीभरा मन्दिरमा आउने तीर्थयात्रीले हुने भिडभाडका अवस्थामा समेत यातायातलाई सहज र सुलभ बनाउने बैठकको निर्णय गरेको छ ।

निर्धारित भाडादर कार्यान्वयन गर्ने, कोभिड–१९ को जोखिमबाट बच्न स्वास्थ्य सुरक्षा अपनाउने, यात्रुलाई ठगिनबाट जोगाउने जस्ता विषयमा यातायात व्यवसायी जिम्मेवार र जवाफदेही बन्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार भाडादरका बारेमा यात्रुलाई सुसचितसमेत गराइने छ । विषेश गरी पाथीभरा मन्दिरको दर्शन गर्ने याम र चाडबाड नजिकिएसँगै यहाँका यातायात क्षेत्रमा भिडभाड सुरु भएको छ ।

 

  • १ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !