अमेरिकामा गोली हानी नेपालीको हत्या

आजभोलि

बोष्टन । अमेरिकाको म्यासाचुसेट्स राज्यको फल रीभरमा एक नेपालीको गोली हानी हत्या भएको छ ।

सोमबार राती १०:३० बजे ग्रोसरी स्टोरमा काम गरिरहेका लालकिशोर महासेठको गोली हानी हत्या भएको हो । स्टप एण्ड सेभ कन्भिनेन्स स्टोरका संचालक समेत रहेका महासेठको छातीमा गोली लागेको थियो ।

स्टोरमा समान किन्न आएका ग्राहकले महासेठको छातीबाट रगत बगेको देखेपछि ९११ नम्बरमा प्रहरीलाई खवर गरेका थिए ।

चाल्टन मेमोरियल अस्पताल पुर्याएका ५४ वर्षीय महासेठको अस्पतालले मत्यु भएको घोषणा गरेको थियो ।

मृतक महासेठ मधेसी एशोसिएशन (माँ) म्यासाचुसेस्ट् राज्यका वर्तमान सल्लाहकार तथा पूर्व अध्यक्ष हुन् । मृतकका श्रीमती र दुई छोराहरूका साथ स्टोर संचालन गर्दै फल रीभरमा बस्दै आएको माँ म्यासाचुसेस्ट्का अध्यक्ष चन्द्रदेव मण्डलले आजभोलीलाई जानकारी दिए ।

महासेठको मृत्युले समाजले एक असल समाजसेवी गुमाएको ग्रेटर बोष्टन नेपाली कम्युनिटि (जिबिएनसी)का अध्यक्ष मिलनकुमार कार्कीले बताए ।

मृतक महासेठको आत्माको शान्तीको कामना गर्दै जिविएनसी, माँलगाएतका संस्थाले शोक वक्तब्य निकालेका छन् ।

  • ३ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !