डाँडापारिको विकासको लागि पार्टी प्रतिबद्ध छु: प्रचण्ड

आजभोलि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रको विकासका लागि आफू र आफू नेतृत्वको पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० महाभारत गाउँपालिका कमिटीको शुक्रबार भएको प्रथम गाउँपालिका सम्मेलनलाई फोनमार्फत सम्बोधन गर्दै उहाँले आफ्नो पार्टीलाई विस्तार गरी नयाँ क्रान्तिकारी पार्टी बनाउने अभियानमा जुटिरहको बताए । अध्यक्ष दाहालले महाभारत क्षेत्रका जनताको विकासको चाहना र आकांक्षलाई पूरा गर्ने सवालमा आफू निकै प्रयासरत रहेको पनि उल्लेख गरे ।

आफ्नो पहलमा जिल्ला सदरमुकामदेखि गाउँपालिका केन्द्रसम्म जोड्ने पक्की सडक निर्माण गर्नका लागि रू ५० करोड विनियोजन भइसकेकामा त्यसलाई पूर्णता दिन पहल गरिने उल्लेख गर्दै उहाँले त्यही बेला पहल खोजिएको विद्युतीकरणको केन्द्रीय प्रसारण लाइनको काम अहिले तीव्र गतिमा अगाडि बढेको र त्यसलाई पनि पूर्णता दिन आफ्नो प्रयास केन्द्रित रहने पनि बताए ।

कोखाजोर खोलाको जलविद्युत् आयोजनाका लागि प्रक्रिया अगाडि बढिरहेकाले यसमा आवश्यक सहयोगका लागि र पिन्थलीदेखि घर्तीछाप हुँदै मकवानपुरको फापरबारी जोड्ने सडकलाई राष्ट्रियरुपमा स्तरोन्नतिका लागि सम्बन्धित निकायमा कुरा गरेर अघि बढाइने अध्यक्ष दाहालले जानकारी दिए ।

पार्टी पुनःगठनको महाभियान चलाउने र पार्टीलाई नयाँ क्रान्तिकारी पार्टीमा रुपान्तरण गरेर छाड्ने अठोट गरिएकाले देशव्यापीरुपमा सदस्यता नवीकरणदेखि टोल भेला हुँदै वडा, पालिका तथा प्रदेश हुँदै राष्ट्रियस्तरको सम्मेलन गर्ने अभियानमा आफू जुटिरहेको उनले बताए ।

कार्यक्रममा सङ्घीय सांसद गङ्गाबहादुर तामाङले महाभारतका जनताको मुहार फेर्नको लागि आफूहरु निरन्तर प्रयत्नशील रहेको जानकारी दिनुभययो ।वाग्मती प्रदेशसभा सदस्य रत्न ढकालले माओवादी केन्द्रले गरेको विकास निर्माणको कामबाट अत्तालिएर डाँडापारिको मुहार फेर्ने काममा भएको सकारात्मकतालाई भ्रमपूर्ण प्रचार गर्दै हिँडेकोमा दुःख व्यक्त गर्नुभयो ।

हिजोको दिनमा विकट डाँडापारिका जनतालाई अहिले स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारको तर्फबाट गरिएको विकासकेन्द्रित योजनालाई पूरा गर्ने सवालमा कसैले भ्रम फैलाउँदैमा त्यसबाट पछि नहट्ने उहाँको भनाइ थियो ।
गाउँपालिका कमिटीको बन्दसत्रले आज नयाँ कमिटी गठन गर्ने जनाइएको छ । अध्यक्ष प्रचण्डले मौसमको खराबीका कारण त्यहाँ पुग्न नसकेपछि काठमाडौँबाटै फोनमार्फत सम्बोधन गर्नुभएको थियो ।

 

  • ११ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !