चितुवाले गोठकै चौपाया खान थाल्यो

आजभोलि

काठमाडौं । कञ्चनपुर शुक्लाफाँट नगरपालिका–२ ढकनियामा चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका चौपाया खान थालेको छ । तीन दिनको अवधिमै चितुवाले आधा दर्जन खसी, बोका, बाख्रा मारेको छ । अहिले स्थानीय बासिन्दा चिन्तित भएका छन् ।

नजिकैको सामुदायिक वन क्षेत्रबाट गाउँ पस्ने गरेको चितुवाले दुई दिनअघि मात्रै स्थानीयवासी कौसादेवी भट्टको तीनवटा खसी र दुईवटा बाछी मारेर खाएको छ । मञ्जु चन्दको एक ब्राखा र एक खसी मारेको स्थानीय बासिन्दाले बताउनुभएको छ । साँझ नपर्दै गाउँ पस्दै आएको चितुवाले दर्जन बढी खसीबाख्रा घाइते बनाएको स्थानीयवासी लोकराज शाहुले बताए ।

“धेरै जनाले कच्ची गोठमै बाख्रालगायत बाँध्ने गरेका छन्”, उहाँले भन्नुभयो, “साँझ नपर्दै चितुवा गोठमा पसेर खसी, बाख्रा मारेर लग्ने गरेको छ । बिहान खोजबिन गर्दा बाख्रा भेटिँदैनन् ।

वन क्षेत्रमा खाएको अवस्थामा फेला पर्ने गरेको छ ।” यसअघि समेत चितुवाले छिमेकी गाउँ लक्ष्मीपुरका बासिन्दाका घरपालुवा कुकुरदेखि बाख्रा, बङ्गुर खाएर नोक्सानी गरेको थियो ।

“केही महिना आतङ्क मच्चाएको चितुवाले दुःख दिन छाडेको थियो”, तुलाराम चौधरीले भने, “ढकनियामा फेरि घरपालुवा जनावर खान थालेको छ । चितुवाका कारण घरपालुवा जनावर जोगाउन निकै चुनौती थपिएको छ ।”

 

  • ९ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !