आगलगीबाट क्षति

आजभोलि

काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिका– १ स्थित सोनमा बजारमा रहेको एक मोटरसाइकल रिपेरिङ सेन्टरमा गए राति आगलगी हुँदा रु ३५ लाख बराबर क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय अनुरुद्र साहले सञ्चालन गरेको जयबाबा विश्वकर्मा मोटरसाइकल सेन्टरमा गए राति अचानक आगलगी हुँदा घर, मोटरसाइकल, मोटरसाइकलको टायर, ट्युब, ट्र्याक्टरका टायर, ट्युब, मोबिल र विभिन्न पार्टपुर्जासहित त्यहाँ रहेका सबै सामान जलेर क्षति भएको हो ।

गौशाला नगरपालिकाको दमकलसहितको सहयोगमा प्रहरी चौकी रघुनाथपुर, इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोली, स्थानीय बासिन्दाले आगलागी नियन्त्रणमा लिएका थिए । आगलगीबाट मानवीय तथा पशुजन्य क्षति नभएको प्रहरीले जनाएको छ ।

 

  • ९ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !