काभ्रे मालपोतको सेवा पाँच दिनको लागि स्थगित

आजभोलि

काठमाडौं । मालपोत कार्यालय धुलिखेलमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयको सेवा पाँचदिनका लागि स्थगित गरिएको छ । कार्यालयको आन्तरिक प्रशासनिक भने सञ्चालन हुने जनाइएको छ ।

कोरोनाको प्रभावका कारण यसअघि जिल्ला प्रशासन कार्यालय लगायत केही स्थानीय तहले समेत केही दिनका लागि आफ्नो सेवा स्थगित गरिसकेका छन् ।

सङ्क्रमण दर वृद्धि हुँदै गएपछि काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले सार्वजनिकस्थलमा भीडभाड नगर्न, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अनिवार्य मास्क लगाउन र काम परेर बाहिर निस्कँदा अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्रै हिँडडुल गर्न आग्रह गर्दै यसको परिपालना गर्नसमेत कडाइ गर्न थालेको छ । स्वास्थ्य कार्यालयका अनुसार आइतबारसम्ममा एक हजार ३०३ जना सङ्क्रमित भएका छन् ।

  • १० माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !