दलहरूले बढाए चुनावी गतिविधि

आजभोलि

महेन्द्रनगर । आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी गतिविधि कञ्चनपुरमा ह्वात्तै बढेको छ । सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा नेकपा ९एमाले०, नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।

एमालेका अध्यक्ष सुरेन्द्र विष्टले जिल्लाभरका वडाका कमिटीलाई प्रशिक्षण दिएर चुनावमा पार्टी विजयी गराउन सक्रियता बढाएको बताउनुभयो । केही दिनअघि मात्रै महेन्द्रनगरमा ९२ वडाका पार्टी प्रतिनिधिलाई प्रशिक्षण दिएको एमालेले वडास्तरमा घरदैलो, पार्टी सम्र्पक कार्यालय स्थापनालगायत कामलाई तीव्रता दिएको जनाएको छ ।

चुनाव लक्षित नेता तथा कार्यकर्तालाई जिम्मेवारी र केन्द्रीय तहका नेता प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा परिचालन हुने एमालेले जनाएको छ । अध्यक्ष विष्ट जिल्लाभर, जिल्ला कमिटी उपाध्यक्ष लक्ष्मी बुढा निर्वाचन क्षेत्र नं २, सचिब पल्लवराज भट्ट र उपसचिव फैरी तामाङ क्षेत्र नं १ तथा उपसचिव कर्णबहादुर चन्दलाई क्षेत्र नं ३ मा खटाइएको छ ।

त्यसैगरी नेपाली कांग्रेसले पनि जिल्लाभर चुनावी अभियान सञ्चालन गरिरहेको छ । ‘घर घर जाऔँ, कांग्रेस जिताऊ’ अभियानका साथ नेताहरू वडास्तरसम्म परिचालन भएको कांग्रेसले जनाएको छ । यसअघि जिल्लामा केन्द्रीयस्तरका नेताबाट समेत पार्टी प्रशिक्षणलगायतका काम गरिसकेको कांग्रेसले अघिल्लो निर्वाचनभन्दा यसपटक माहोल आफ्नो पक्षमा रहेको दाबी गरिरहेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेस यहाँ दुई पालिकामा मात्रै विजयी भएको थियो ।

त्यसैगरी माओवादी केन्द्रले पनि चुनावी अभियान वडास्तरसम्म सञ्चालन गरिरहेको छ । माओवादीले यसअघि यहाँका दुई पालिकामा जित निकालेको थियो । माओवादीका अनुसार यहाँ विभिन्न तहका नेतालाई जिम्मेवारी दिएर घरदैलो अभियानमा खटाइएको छ ।

त्यसैगरी एमालेबाट विभाजित भएको एकीकृत समाजवादी पनि स्थानीय तहको निर्वाचन तयारीमा जुटेको छ । वडास्तरसम्म पार्टी विस्तार गरिरहेको समाजवादीमा सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार जना सदस्य रहेका छन् ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व सम्हालेसँगै अध्यक्ष गजेन्द्रबहादुर चन्दले दोधारा चाँदनीदेखि बेलौरीसम्म चुनावी अभियान सञ्चालन गर्नुभएको छ । चुनावी अभियानका क्रममा पार्टी कार्यक्रममा सहभागी हुन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन दुई पटक कञ्चनपुर आइसक्नुभएको छ । यस पटक राप्रपाको साङ्गठनिकस्वरुप फराकिलो हुँदै जाँदा अन्य दलहरू पनि चुनावमा असर पर्ने भन्दै सशङ्कित छन् । चुनावी अभियान सञ्चालनलाई दलहरूले गति दिए पनि उम्मेदवारको टुङ्गो भने कसैले लगाएका छैनन् ।

  • १७ चैत्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !