षष्टिका बस्नेत पुरस्कारबाट बुढाथोकी र साह सम्मानित

आजभोलि

मोरङ । नेपाल पत्रकार महासङ्घको स्थापना दिवसका उपलक्ष्यमा षष्टिका बस्नेत सूचनाको अधिकार र प्रोत्साहन पुरस्कार–२०७८ यस वर्ष गजेन्द्र बुढाथोकी र देवनाराण साहलाई यहाँ प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाबाट प्रदान गरिँदै आएको सूचनाको अधिकार पुरस्कारको राशि रु ५० हजार ५१ टक्सार म्यागजिनका प्रधान सम्पादक बुढाथोकीलाई र प्रोत्साहन पुरस्कारको राशि रु १५ हजार ५१ बाट कान्तिपुर दैनिकका जिल्ला संवाददाता साहलाई बुधबार साँझ यहाँ सम्मान गरिएको छ ।

प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले सम्मानित सञ्चारकर्मीद्वय पुरस्कार प्रदान गर्दै पत्रकारले निष्पक्ष, सत्यतथ्यका आधारमा जनताको पक्षमा समाचार पस्कनुपर्नेमा जोड दिँदै मुलुकको सामाजिक तथा राजनीतिक परिवर्तन क्षेत्रका खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले पत्रकारको जीविकोपार्जन, पेसाप्रति दक्ष बनाउन प्रदेश सञ्चार व्यवस्थापन विधेयक प्रदेशसभामा पेश गरेको जानकारी दिँदै कानुनको पालनाबाट मुलुकमा सुशासन कायम हुने विचार राख्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यावसायिक पत्रकारको पेसागत हकहित संरक्षणका लागि तीनतहको सरकारको दायित्व रहेको उल्लेख गर्दै यस पेशाबाट जीवन निर्वाह गर्न समस्या रहेको आफ्नो अनुभव सुनाउनुभयो । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राज्यको काम कारबाहीलाई पारदर्शी बनाउन सबैले आफ्नो क्षेत्रबाट प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा जोड दिँदै सूचनाको अधिकार व्यवहारमा उतार्न जटिलता रहेको बताउनुभयो ।

महासङ्घका मोरङ सभापति सञ्जीव खनाल, उपाध्यक्ष तारा आचार्य, कोषाध्यक्ष अभय राई, महासङ्घ प्रदेश अध्यक्ष लीलाबल्लभ घिमिरे, पे्रस चौतरीका केन्द्रीय सचिव विक्रम लुइँटेल, प्रेस सङ्गठन नेपालका प्रदेश अध्यक्ष विनोद घिमिरे, यज्ञ शर्मा, कोषका दाता केदारबहादुर बस्नेत र सम्मानित बुढाथोकीले जनताको हकअधिकार संरक्षण लागि महासङ्घ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

विराटनगर–११ निवासी बस्नेतले सूचनाको अधिकार क्षेत्रमा कार्य गर्ने अभियानकर्मी एवं पत्रकारलाई प्रदान गर्न आफ्नी स्व धर्मपत्नी षष्टिका बस्नेतको नाममा रु सात लाख अक्षय कोष स्थापना गर्नुभएको थियो ।

  • १७ चैत्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !