बतासले पत्र बुझ्न नमानेपछि कोषले निकाल्यो सार्वजनिक सूचना

आजभोलि

काठमाडौं । पशुपति क्षेत्र अन्तर्गतको जग्गामा होटल दिने सम्झौता विवादमा आएपछि सम्झौता रद्ध गर्ने प्रक्रियामा दोश्रो पक्ष सहमत नहुदा पशुपति क्षेत्र विकास कोषले सरकारी पत्रिका मार्फत पत्रहरु सार्वजनिक गरेको छ । कोषको तिलगंगास्थित धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन कोषले पठाएको पत्र लिन बतास समूहले अस्वीकार गरेपछि आज एक पत्रिकामा उक्त प्रक्रियाका सबै पत्रहरु सार्वजनिक गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कोष मार्फत बिहीबार पठाएको पत्र बतास समूहले नबुझेपछि सोमबारको पत्रिकामा उक्त पत्रहरु प्रकाशित भएका छन् । परिषद्ले श्री होटल आनन्द प्रालि सो प्रालिका सञ्चालक आनन्द बतास तथा सो प्रालिका प्रतिनिधि ओस्कर बतासका नाममा सार्वजनिक सूचना निकालेको हो ।

‘कोषको च।नं। १४१४, चैत १७ गतेको पत्रबाट जानकारी गराएकोमा निजले करार भंगबारेको पत्र बुझी नलिएको, सो पत्र निजको आधिकारिक ईमेल ठेगानामा पठाई सकिएकोमा पुनः सार्वजनिक जानकारी समेतका लागि उल्लेखित मितिको पत्रको बेहोरा देहाय बमोजिम प्रकाशित गरिएको छ ।’–कोषले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ ।

  • २१ चैत्र २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !