चितवनमा ३१९ ले लिए उम्मेदवारी फिर्ता

आजभोलि

चितवनमा ३१९ ले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । जिल्लाका सात पालिकामा उम्मेदवारी दिएकामध्ये ३ सय १९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । भरतपुर महानगरपालिकाको प्रमुखमा २७ र उपप्रमुखमा १० जनाको उम्मेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगर प्रमुखमा ३ र उपप्रमुखमा ३ जनाले उम्मेदवारी फिर्ता लिएको जनाएको हो ।

कार्यालयका अनुसार कायम भएका उम्मेदवारमध्ये प्रमुखमा १५ जना राजनैतिक दलका र स्वतन्त्र उम्मेदवार १२ जना छन् । यस्तै उपप्रमुखमा ८ जना राजनैतिक दलबाट र २ स्वतन्त्र रहेको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १ हजार ९ सय ५१ जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीका अनुसार जिल्लाका सात पालिकाको प्रमुखका लागि ६७, उपप्रमुखका लागि ४० जनाको उम्मेदवारी कायम भएको छ । वडा अध्यक्षमा ४ सय २५, खुल्ला सदस्यमा ७ सय ३९, महिला सदस्यमा ३ सय ६६ र दलित महिला सदस्यमा ३ सय १४ जनाको उम्मेदवारी कायम रहेको छ ।

रत्ननगर नगरपालिकाकाीको प्रमुखमा ९ र उपप्रमुखमा ८, खैरहनीको प्रमुखमा ७, उपप्रमुखमा ४, राप्तीको प्रमुखमा ८ र उपप्रमुखमा ५, कालिकाको प्रमुखमा ७ र उपप्रमुखमा ५ र माडीको प्रमुखमा ५ र उपप्रमुखमा ६ जनाको उम्मेदवारी कायम छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा अध्यक्षमा ४ र उपाध्यक्षमा २ जनाको उम्मेदवारी कायम छ ।

उम्मेदवारी फिर्ता लिने समय अवधिमा ३ सय १९ ले उम्मेदवारी फिर्ता लिएको कार्कीले जानकारी दिनुभयो । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका रहेका छन् । सात पालिकामा गरी ३ लाख ९७ हजार ६ सय ८५ मतदाता छन् । जसमध्ये २ लाख ४ हजार ६ सय ६६ महिला र १ लाख ९३ हजार १८ पुरुष रहेका छन् । अन्य एक जना मतदाता रहेको आयोगले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज १० बजे पछि उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

  • १७ बैशाख २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !