प्रेस युनियनको महाधिवेसन आजबाट ः अनिता बिन्दु र शिव लम्सालबिच तिब्र प्रतिस्पर्धा हुने

आजभोलि

हेटौडा । नेपाल प्रेस युनियनको ९औं राष्ट्रिय महाधिवेसनमा संस्थापन पक्ष र संस्थापन ईत्तर पक्षबिच कडा प्रतिस्पर्धा हुने भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गर्ने सो महाधिवेसनमा दुवै पक्षले प्यानल नै खडा गरेर मैदानमा उत्रे पछि कडा प्रतिस्पर्धा हुन लागेको हो ।

झन्डै ८ बर्ष पछि हुन लागेको महाधिवेसनमा भाग लिनका लागि प्रतिनिधिहरु हेटौडा आईपुगेका छन । १ हजार ६ सय ३० प्रतिनिधिले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन ।

नेपाली कांग्रेसको शुभेच्छक संस्था प्रेस युनियनको भावी नेतृत्वका लागि संस्थापन पक्षवाट सभापतिमा अनिता बिन्दु र संस्थापन ईत्तर पक्षवाट शिव लम्सालले आ–आफनो दावेदारी प्रस्तुत गरेका छन ।

‘आज प्रधानमन्त्रीले नवौं महाधिवेसनको उदघाटन गर्नुहुनेछ भने आजै निर्वाचनको प्रक्रिया पनि सुरु हुनेछ,’ कोषाध्यक्षका उम्मेदवार माधव धितालले भने, ‘भोली मतदान हुने र भोली नै मत परिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।’

सो महाधिवेसनमा संस्थापन पक्षवाट बरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी र र संस्थापन इत्तर समुहवाट प्रेम केसीले उम्मेदवारी घोषणा गरेका छन भने खुल्ला उपाध्यक्षका लागि भिष्मराज ओझा र शेखर रेग्मीले चुनावी मैदानमा उत्रने घोषणा गरेका छन ।

उता, संस्थापन पक्षवाट महिला उपाध्यक्षमा कल्पना शर्मा र ईत्तर समुहवाट सलोजा दाहाल बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने महासचिवमा संस्थापन पक्षवाट जगन्नाथ दुलाल र इत्तर समुहवाट दिलिप पौडेल बिच तिव्र प्रतिस्पर्धा हुने युनियन आवद्ध पत्रकारले जनाएका छन ।

संस्थापन पक्षका उपमहासचिवका उम्मेदवार केशव साउँद र इत्तर समुहवाट बिष्णु क्षेत्री रहेका छन भने संस्थापन पक्षले कोषाध्यक्षमा माधव धितालले उम्मेदवार खडा गरेको छ भने उनीसँग रमेश वाग्ले प्रतिस्पर्धामा रहनेछन ।

केन्द्रिय उपाध्यक्ष सुदुरपश्चिमका लागि हरिश भट्टलगायत छन भने महिला उपमहासचिवमा कुसुम बिक, दिलिपाश्री अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

यसैगरी, खुल्ला सचिवका लागि खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत, लोकेन्द्र भट्ट, पदम अधिकारीलगायतले मैदानमा उत्रेका छन भने महिला सचिवमा मेनुका भट्टलगायत उम्मेदवारी घोषणा गरेर प्रतिनिधिसँग मत मागिरहेका छन् ।

लेखा समिति संयोजकमा पदमराज जोशीलगायतले उम्मेदवारी घोषणा गरेका छन भने केन्द्रिय सदस्यमा कृष्ण पहाडी, सरिता खनाललगायत दर्र्जनौले उम्मेदवारी घोषणा गरेर हेटौडा आईपुगेका छन ।

  • ६ श्रावण २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !