धनुषाबाट महासेठ दम्पती उम्मेदवार सिफारिस

आजभोलि

जनकपुरधाम । नेकपा एमाले धनुषाले प्रतिनिधि सभाको ४ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म दुई वटा निर्वाचन क्षेत्रको प्रत्यक्ष उम्मेदवारमात्रै छनौट गर्न सकेको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ र ३ बाट महासेठ दम्पतीलाई प्रत्यक्षमा सिफारिस गरेको छ । क्षेत्र नम्बर ४ बाट प्रत्यक्षमा नेकपा एमालेका सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठलाई र क्षेत्र ३ बाट पोलिटव्युरो सदस्य जुली कुमारी महतोको नाम एकल सिफारिस भएको छ ।

पार्टीको सम्बन्धित क्षेत्रीय कमिटीहरुको आइतबार बसेको बैठकले महासेठ दम्पतीको नाम सिफारिस गरिएको नेकपा एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए । क्षेत्रहरुमा उनीहरु वाहेक कसैले इच्छा नराख्दाँ उनीहरुको नाम सिफरिस भएकोले उनले बताए । पूर्वमन्त्री समेत रहेकी महतो नेता महासेठका धर्मपत्नी हुन् ।

क्षेत्र नम्बर ३ र ४ बाट प्रत्यक्षतर्फका उम्मेदवारहरुको नाम सिफारिस गरिए पनि समानुपातिक तर्फका नाम अझै सिफारिस हुन नसकेको उनले बताए । पार्टीले भदौ २२ गतेसम्म सिफारिस गर्न समय दिएकोले अहिले बाँकी क्षेत्रीय कमिटीहरुको उम्मेदवार छनौटको विषयमा छलफलमै रहेको उनले बताए ।

  • २० भाद्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !