प्रतिनिधि सभा सदस्यमा ११ जनाको नाम सिफारिस

आजभोलि

उदयपुर । नेकपा एमालेले प्रतिनिधि सभा सदस्यका लागि ११ जनाको नाम सिफारिस गरेको छ । उदयपुरको २ वटा निर्बाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ बाट ६ जनाको नाम सिफारिस भएको छ ।

आइतबार बसेको नेकपा एमाले उदयपुरका दुबै क्षेत्रको बैठकले प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सहमति जुट्न नसकेपछि ११ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो । जिल्लाको क्षेत्र नम्बर १ बाट एमाले पोलिटब्यूरो सदस्य मञ्जुकुमारी चौधरीसहित एमाले प्रदेश १ कमिटी सदस्य डा। देवराज रोका ९कल्याण०, प्रदेश कमिटी सदस्यहरु बिमल कार्की र सुरेश तामाङ सिफारिस भएका छन् ।

मञ्जुकुमारी चौधरी यसअघि पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिइन् । कांग्रेस नेता तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग पराजित भएकी थिइन् । त्यस्तै बिमल कार्की प्रदेश सांसद् हुन् । अघिल्लो प्रदेश सभा चुनाबमा उदयपुर क्षेत्र नम्बर १ मा रहेको दुई क्षेत्र मध्ये कार्की क बाट निर्वाचित भएका थिए । त्यस्तै क्षेत्र नम्बर २ बाट एमाले प्रदेश १ का उपसचिव शैलेस लामासहित एमाले प्रदेश १ कमिटी सदस्यहरु बेदप्रसाद पोखरेल, कला घले, अम्बरबहादुर रायमाझी, प्रेम गौतम, भेषराज थापा र जिल्ला कमिटी उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ सिफारिस भएका छन् ।

कला घले अघिल्लो प्रदेश सभाको चुनाबमा निर्वाचित प्रदेश सांसद् तथा मन्त्रीसमेत थिइन् । घले उदयपुर क्षेत्र नम्बर २ को ख बाट निर्वाचित भएकी थिइन् । त्यस्तै शैलेस लामा अनेरास्ववियुका पूर्व उपाध्यक्षसमेत हुन् ।

त्यसैगरी निर्वाचन क्षेत्र १ क बाट कुशलबाबु बस्नेत, धनपति आचार्य, नारद निरौला, राजेन्द्र कटुवाल, भिम पौडेल, शम्भु पौडेल, ईश्वरा पौडेल गेलाल सिफारिस भएको छ । निर्बाचन क्षेत्र १ ख बाट ईश्वरमणि राउत, प्रकाशकुमार बस्नेत, प्रमेश्वर घिमिरे र महेश रेग्मीको नाम सिफारिस भएको छ ।

त्यसैगरी निर्बाचन क्षेत्र २ क खेम पाचे मगर, गजेन्द्रबहादुर खड्का, जीवन कार्की, देवराज राई, तेजबहादुर राउत, चक्रबहादुर गुरुङ अर्जुन, हिमबहादुर मगर सिफारिस भएका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र २ ख बाट संजिव कार्की , नोखबहादुर श्रेष्ठ , कृष्णराज दनुवार , रतन पोखरेल, रेणुका मल्ल ठकुरी, लालबहादुर भण्डारी, रमेश तिवारी, तुलसी चौलागाई, नवराज पोखरेल, जीवनाथ दाहाल, शोभा कार्की, र उद्धवसिंह थापा रहेका छन् । त्यसैगरी निर्बाचन क्षेत्र ख बाट समानुपातिकका लागि कमलमाया राई, भीम दर्नाल, तारा तामाङ र मनोज तामाङको नाम सिफारिस गरेको छ । आगामी निर्वाचनका लागि उमेद्वार सिफारिस भएसँगै यस क्षेत्रमा पनि चुनावी सरगर्मी बढ्न थालेको छ ।

 

  • २० भाद्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !