‘गठबन्धनकै आडमा पहिलो दल बनेको बिर्सिन हुँदैन, विरोध नगर्नू’

आजभोलि

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले सिट बाँडफाँटको विषयले सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन्।

कांग्रेसमा आवद्ध नेपाल तरूण दल, काभ्रे जिल्लाले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन तोडिए वाम गठबन्धन बन्नसक्ने आंकलन गरेका हुन्।

उनले भने, ‘हामीले कुनै हालतमा गठबन्धन तोड्न दिनुहुँदैन। सत्ता गठबन्धन टुटे अर्को गठबन्धन बन्नबाट रोक्न सकिँदैन। त्यसपछि कति सिट जित्छौँ। तपाईंहरू आंकलन गर्नुहोस्।’

गठबन्धनकै आडमा स्थानीय तहको निर्वाचनबाट पहिलो दल बनेकाले खोला तरेर लौरो बिर्सिन नहुने उनले प्रष्ट पारे। पार्टीले नै गठबन्धन नतोड्ने निर्णय गरिसकेको उनको भनाइ छ।

उनले कांग्रेसका नेताहरूले सत्तारूढ गठबन्धन विरूद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताए। उनले गठबन्धनमा आवद्ध भएको हुनाले कांग्रेसका नेता तथा कार्यकर्ताहरूले गठबन्धनले उठाएको उम्मेदवारहरूको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको स्पष्ट पारे।

आफू कांग्रेस केन्द्रिय सदस्य र गृहमन्त्री भएको नाताले सत्तारूढ गठबन्धनलाई बचाएर आगामी निर्वाचनलाई सुनिश्चित र सुरक्षित गराउने दायित्व पूरा गराउन प्रतिवद्ध रहेको उल्लेख गरे।

‘आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमतापूर्वक सिट बाँडफाँटमा पार्टीले आफ्नो अडान राख्नु पर्दछ। तर गठबन्धन तोडेर हेरौं भनेर भन्नु हुन्छ भने कांग्रेसको केन्द्रिय समितिले अहिले गठबन्धन तोड्दैन। साथीहरूले यसरी पार्टीका तरूण साथीहरूलाई बोलाउने र गलत भ्रम हुने गरी भाषण गर्नु हुँदैन’ उनले भने, ‘तपाईंहरुलाई जे हो,त्यही भनिदिनु पर्दछ। अहिले कांग्रेसको भूमिका के होरु एउटा केन्द्रीय सदस्य, गठबन्धन सरकारको गृहमन्त्री भएको नाताले यो गठबन्धनलाई बचाएर आगामी निर्वाचन सुनिश्चित र सुरक्षित गर्ने, यो निर्वाचनलाई शान्ति, सुरक्षा प्रदान गर्ने, निर्वाचन निष्पक्ष, स्वतन्त्र, भयरहित रूपमा सम्पन्न गर्ने दायित्व मेरो हो। त्यो म पूरा गर्नेछु।’

कांग्रेसले आफ्नो हैसियत अनुसार निर्वाचनको सिट संख्या बाँडफाँट गराउने काममा भने बुद्धिमतापूर्वक काम गर्नुपर्ने उनले बताए।

  • २५ भाद्र २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !