काठमाडौँ महानगरमा अवैध संरचना भत्काउने काम जारी

आजभोलि

काठमाडौँ । झन्डै एक महिनादेखि काठमाडौँ महानगरपालिकाले सुरु गरेको अवैध संरचना भत्काउने काम जारी छ । सो कार्यअन्तर्गत कामपाले विशालनगरमा सञ्चालित मल्टी स्कुलले फुटपाथ मिचेर निर्माण गरेको एक सय मिटर कम्पाउन्ड भत्काएको छ ।

त्यसैगरी विशालनगरमा निर्माणाधीन अवस्थामा रहेको एडिबीको भवन निर्माणका क्रममा निर्माण सामग्री सडकमा राखेको पाएपछि ठेकेदारलाई रु २० हजार जरिवाना गराइएको छ ।

त्यस्तै कालीमाटी कुलेश्वरमा अवैध संरचना हटाउने सम्बन्धमा माइकिङ गरी पुनः सम्बन्धित व्यक्तिलाई नै हटाउन आग्रह गरिएको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

अवैधरूपमा निर्माण भएका संरचना भत्काउने सम्बन्धमा कामपाले गत साउन १ गते दिएको ३५ दिने सूचनाको बेवास्ता गरेपछि यही भदौ ६ गतेदेखि त्यस्ता संरचनालाई डोजर लगाएर भत्काउन सुरु गरिएको हो ।

नक्साअनुसार निर्माण नगरिएका, नक्साअनुसार निर्माण गरिए पनि सोही अनुसार प्रयोग नगरिएका र सार्वजनिक जग्गा मिचेर बनाइएका सबै संरचना अवैध ठहर गर्दै कामपाले त्यस्ता संरचनामाथि डोजर चलाएर भत्काउन सुरु गरेको हो ।

हालसम्म कामपाले अवैध ठहर भएका सानाठूला गरी दुई सयभन्दा बढी संरचना भत्काइसकेको र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने कामपाको भनाइ छ । उक्त कार्य कामपाले सुरु गरेको एक महिना बित्न नपाउँदै उपत्यकाका अन्य र उपत्यका बाहिरका स्थानीय तहले पनि यसलाई कार्यान्वयन गर्न थालेका छन् ।

हाल बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेका छन् । ती सबैलाई कानूनी दायरामा ल्याउने कामपाको तयारी छ ।

  • २९ भाद्र २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !