एडभान्स बुकिङमा बाहुबली-२ अगाडि

आजभोलि

मुम्बई। अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ हालका दिनमा चर्चाको विषय बनेको छ । यो फिल्म रिलिज अघि नै भारतमा करिब ३ लाख टिकट एडभान्स बुकिङ भइसकेको छ । शाहरुखले अभिनय गरेका फिल्ममध्ये यो फिल्मको सर्वाधिक एडभान्स टिकट बुकिङ भएको हो । तर यसअघिका फिल्मको बुकिङ तथ्यांकलाई हेर्ने हो भने ‘बाहुबली’ पहिलो नम्बरमा छ ।

बाहुबली- २

प्रभास अभिनित फिल्म ‘बाहुबली २’ एडभान्स बुकिङमा पहिलो नम्बरमा छ । यो फिल्मको एडभान्स बुकिङमा ६ दशमलब ५० लाख टिकट बिक्री भएको थियो ।

केजीएफ-२

साउथका सुपरस्टार यशको फिल्म ‘केजीएफ-२’ सूचीमा दोस्रो नम्बरमा छ । यो फिल्मको रिलिजअघि करिब ५ दशमलब ११ लाख टिकट बिक्री भएको थियो ।

वार

ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ले रिलिजअघि नै एडभान्स बुकिङमा आफूलाई अब्बल साबित गरेको थियो । फिल्मको रिलिजअघि करिब ४ दशमलब ५ लाख टिकट बिक्री भएको थियो ।

प्रेम रतन धन पायो

सलमान खान र सोनम कपूरको फिल्म ‘प्रेम रतन धन पायो’ को एडभान्स बुकिङमा ३ दशमलब ४० लाख टिकट बिक्री भएको थियो ।

ठग्स अफ हिन्दोस्तान

बक्सअफिसमा फ्लप भएको आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ले एडभान्स बुकिङमा तहल्का मच्चाएको थियो । यो फिल्म रिलिजअघि नै करिब ३ दशमलब ३० लाख टिकट बिक्री भएको थियो ।

भारत

सलमान खानको फिल्म ‘भारत’को एडभान्स बुकिङमार्फत ३ दशमलब १६ लाख टिकट बिक्री भएको थियो ।

सुल्तान

सलमान खानकै अर्को फिल्म ‘सुल्तान’को रिलिज हुनुअघि ३ दशलमब १० लाख टिकट बिक्री भएको थियो ।

ब्रह्मास्त्र र दंगल

अभिनेता रणवीर कपूरको फिल्म ‘ब्रह्मास्त्र’ र आमिर खानको फिल्म ‘दंगल’को रिलिजअघि ३ दशमलब ५ लाख टिकट बिक्री भएको थियो ।

सञ्जू

अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’को रिलिजअघि नै २ दशमलब ९४ लाख टिकट बिक्री भएको थियो ।

  • ९ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !