लगानी डुवाउने सहकारीविरुद्ध विरोध र्‍याली

आजभोलि

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताले बचत रकम फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । बचत अपचलनका कारण संकटमा फसेको सहकारीका बचतकर्ताले डुबेको लगानी फिर्ताको माग गर्दै आइतबार दिक्तेलबजारमा विरोध र्‍याली निकालेका गरेका हुन् ।

सहकारीका तत्कालिन अध्यक्ष अनिल जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता प्रदर्शनमा उत्रिएका हुन् । डुबेको साँवा र व्याज फिर्ता गर्नका लागि बचतकर्ताले पदमकुमारी सैंजूको संयोजकत्वमा संघर्ष समिति बनाएर आन्दोलन सुरु गरेका हुन् ।

विरोध र्‍यालीका क्रममा सहकारी पीडित बचतकर्ताले केहीबेर लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय घेराउ गरेका छन् । बचतकर्ताले र्‍यालीपछि जिल्ला प्रशासन कार्यालय र नगरपालिका पुगेर न्याय माग गरेका छन् । १२ प्रतिशतका दरले व्याज दिने भनेर राखेको चार लाख पटक–पटक फिर्ता गर्न माग गर्दा नपाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी कल्पान बस्नेतले बताइन् ।

वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ १० मंसिर २०७२ देखि कारोबार सुरु गरेको सहकारीमा जिल्लाका ४५०० बचतकर्ताको लगानी छ । एकैजना लगानीकर्ताले ४५ लाखसम्म बचत गरेका छन् । तर, सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको कोभिड–१९ को संक्रमणका कारण २०७८ बैसाख १५ गते निधन भएपछि मात्र खुलेको हो ।

जोशीको निधनपछि सहकारीको आर्थिक कारोबार ठप्प छ । सहकारीका ऋणीहरुले न्यूनतम ३० हजारदेखि ७५ लाखसम्म ऋण लगेको देखिन्छ । बचतकर्तालाई सावाव्याज सहित करिब ७ करोड फिर्ता दिनुपर्ने हिसाव छ । ऋण असुल गर्दै बचतकर्तालाई बचत फिर्ता दिने पहल भइरहेको सहकारी सञ्चालक समितिका सदस्य तुलसीराम आचार्यले बताए ।

  • ९ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !