बागमती प्रदेशका १ लाख २८ हजार सवारी साधन कारबाहीमा परे

आजभोलि

काठमाडाैं । बागमती प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक प्रहरीले एक लाख २८ हजार सात सय ५४ वटा सवारी साधनलाई कारबाही गरेको छ ।

कारबाहीमा परेका ती सवारी साधनबाट ११ करोड ३२ लाख ६५ हजार पाँच सय रुपैयाँ जरिवाना संकलन गरिएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नियम विपरित चलेका सवारी साधन नियन्त्रणमा लिएर कारबाही गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दिपक रेग्मीले बताए।

सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधनको यान्त्रिक परीक्षण अभियान संचालन गरी पाँच हजार पाँच सय ९४ वटा सवारी साधनको यान्त्रिक परीक्षण गरिएको प्रवक्ता रेग्मीले बताए । सवारी साधनको तीब्र गति नियन्त्रणका लागि दुई सय २० स्थानमा राडरगनसहित चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तै सिन्धुली, काभ्रे, चितवन, मकवानपुर र धादिङ जिल्लाका राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधनमा टाइम कार्डको पनि व्यवस्था गरिएको छ ।

  • १९ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !