सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरेपछि बुबाले पनि गरे आत्महत्या

आजभोलि

काठमाडौं । राजधानीको पुरानो बानेश्वरमा शनिबार आफ्नै सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरी आफूले पनि आत्महत्या गरेका बाबुको सुसाइट नोट भेटिएको छ । प्रहरीका अनुसार रामेछाप खाँडादेवीका किशोर भण्डारीले छोरीको हत्या र आफूले आत्महत्या गर्नुभन्दा अगाडि लेखेको सुसाइट नोट फेला परेको हो ।

सुसाइड नोटमा छोरीकै कारण आफूले आत्महत्या गर्नपरेको भण्डारीले उल्लेख गरेको प्रहरीको भनाइ रहेको छ । छोरी शारीरिक रुपमा अशक्त रहेको र उनको उपचारका लागि आफूले पहल गर्न नसकेको कारण दिक्क लागेको भण्डारीले उल्लेख गरेका छन् ।

भण्डारीकी श्रीमति भने शनिबार ६ महिना छोरो लिएर पेप्सिकोलास्थित आफन्तकोमा गएकी थिइन् । उनी दिउँसो फर्केर आउँदा डेराका ढोका लगाइएको थियो ।

भित्रैबाट बन्द भएपछि छिमेकीको सहयोगमा श्रीमतिले ढोका फोडेकी थिइन् ।

अहिले प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। दुवै शवलाई पोस्टमार्टमका लागि लाने तयारी भइरहेको छ ।

  • २१ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !