राजस्व चुहावटका छ मुद्दा दायर

आजभोलि

काठमाडौं । राजस्व अनुसन्धान विभागले पछिल्लो तीन महिनाको अवधिमा राजस्व चुहावटका छ मुद्दा दायर गरेको छ ।

विभागले आज प्रेस नोट जारी गर्दै गत कात्तिक दोस्रो सातायता राजस्व चुहावटसम्बन्धी छ र विदेशी मुद्रा अपचलनसम्बन्धी पाँच मुद्दा दायर गरेको जनाएको छ । त्यस्तै, वेभमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसिटिएस) को अनुगमनबाट ७६ फार्म तथा कम्पनीलाई कारबाही भएको विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो तीन महिनामा राजस्व चुहावटका एक सय ९९ सूचना आएका थिए । जसमध्ये ७६ सूचनामाथि थप अनुसन्धानका लागि विभिन्न निकायमा लेखि पठाएको र छ सूचनामाथि अनुसन्धान टुङ्ग्याएर मुद्दा दर्ता भएको विभागले जनाएको छ ।

दायर भइसकेका छ मुद्दामा आठ प्रतिवादीलाई रू ६४ करोड ३१ लाख बराबर सजाय माग दाबी गरिएको छ । यही अवधिमा विदेशी विनिमयको अपचलनतर्फ छ सूचना आएकामा पाँच मुद्दा दायर भएका छन् । छ जनाविरुद्ध रू ५२ लाख ३३ हजार बराबर माग दाबी गरी मुद्दा दायर गरिएको प्रेस नोटमा उल्लेख छ ।

त्यस्तै, वेभमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसिटिएस) को अनुगमनबाट ७६ फार्म तथा कम्पनीलाई रू ५८ लाख १८ हजार बराबर जरिवाना गरिएको विभागले जनाएको छ । आर्थिक सुशासन कायम गर्न पछिल्लो समय राजस्व चुहावट र विदेशी विनिमय अपचलन नियन्त्रणलाई प्रभावकारी बनाउँदै लगिएको विभागले दाबी गरेको छ ।

“राजस्व चुहावटमा संलग्न व्यवसाय, फार्म तथा व्यक्तिको कारोबारस्थलमा विभागले अनुमगन बढाउने, कारोबारस्थलबाट कागजात नियन्त्रणमा लिने, अनुसन्धान गर्ने र कानुनले तोकको सीमाभित्र तथा अभियोजन गर्ने वा कर निर्धारण गर्ने काम भएको छ”, प्रेस नोटमा उल्लेख छ । सरकारले पछिल्लो केही समय आयातमा कडाइ गरेका चिनी, कपडाजन्य सामान, मदिरा तथा विद्युतीय सामानमा चोरी पैठारी बढी हुनसक्ने भन्दै विभागले अनुगमन बढाएको जनाएको छ ।

त्यस्तै, भन्सार बिन्दु प्रयोग नगरी गोदामस्थलमा स्रोत नखुलेका मालवस्तुको भण्डारण र कारोबार गरेको सूचनाको आधारमा यस्ता क्रियाकलापमा संलग्न व्यवसायीलाई अनुसन्धानको दायरामा ल्याएको विभागले जनाएको छ ।

  • २२ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !