धनगढी । कैलालीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको चुरे गाउँपालिका–१ आमसेराका ४३ वर्षीय भोजबहादुर छेडाल मृत फेला परेको प्रहरीले जनाएको छ ।
उनी चटकपुरस्थित बोक्टान सडक खण्डको करिब ५ मिटर तल बिहीवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ रहेको छ ।