अर्थ जङ्ग शाही
बझाङ । नेकपा विप्लव बझाङले सदरमुकाम चैनपुरमा चर्को ब्याजविरुद्ध विरोध प्रदर्शन गरेको छ । बैंक तथा लघुबित्त, सहकारी संस्थाको चर्को ब्याज दर विरुद्ध नेकपा बझाङद्वारा प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीहरुले बझाङको सदरमुकाम चैनपुरमा रहेको ग्रामीण विकास लधुवित्त र मिर्मिरे लघुवित्तले चर्को ब्याज असुल गरेको भन्दै नेकपा विप्लव बझाङले साइनबोर्डहरु समेत जलाएका छन् ।
बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बझाङले सदरमुकाम चैनपुर बजारमा नारावाजी सहित प्रदर्शन गरिएको हो। बैंक तथा लघुबित्त, सहकारी संस्थाको चर्को ब्याज दर विरुद्ध नाराबाजी सहित बजार परिक्रमा गरेर कोणसभा गरेको थियो ।
जनतालाई ठग्ने ग्रामीण, मिरमिरे लघुबित्त, सहकारी संस्था लिमिटेडको कार्यालयको साइनबोर्ड फाल्नुको साथै जलाएका छन् भने मिरमिरे लघुबित्त सहकारीको केहि कागजात नियन्त्रणमा लिएको छ ।
सरकारी सस्थाको यस बिषयमा गम्भीर ध्यानाकर्षण भएको स्रोतको भनाइ छ । नेकपा बझाङ जिल्ला ईन्चार्ज भरत सी र सेक्रेटरी प्रबिन सीले कोणसभा लाई सम्बोधन गर्दै ठग बैंक तथा लघुबित्त सहकारी संस्था लाई तत्काल पिडित जनताको पैसा फिर्ता गर्न कडा चेतावनी दिएका छन । अन्यथा पार्टी सशक्त संर्घष गर्न बाध्य हुने विप्लव नेतृत्व बझाङले जनाएको छ ।
भिडियो हेर्न यहाँ लिंक किलिक गर्नुहोस्