उपभोक्ताको हित संरक्षणमा सरकार प्रतिबद्ध छ : मुख्यसचिव बैरागी

आजभोलि

काठमाडौँ । मुख्यसचिव शङ्करदास बैरागीले उपभोक्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा उनले उपभोक्ताको हितमा वस्तु तथा सेवामा सुधारका लागि कानुनी, नीतिगत संरचना बनाइने बताए । उनले यसका लागि तीन वटै तहसँग सहकार्य र समन्वयन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
उनले दुर्गम क्षेत्रका नागरिकमा पनि उपभोग्य वस्तु तथा सेवाबारे सचेतना पु¥याउनु जरुरी रहेको भनाइ राखे । “हामी सबै उपभोक्ता हाँै । हाम्रा साझा अधिकार, परिणाम प्राप्त गर्नका लागि स्वप्रेरित भई स्वस्थ र स्वच्छ वस्तु तथा सेवा प्रयोग गर्नका लागि सबैले आ–आफ्नो कर्तव्य पूरा गरी असल अभ्यास ल्याउनुपर्दछ”, उनले भने ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराईले कार्यक्रममा विभागका कार्यसम्पादन प्रस्तुुत गर्दै अनुगमन कार्र्य सङ्घीय संरचनामा सञ्चालन गरिएको बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीेले आफ्नो अधिकारको ठूलो निरीक्षणकर्ता आफै भएको बताए । “निरन्तर रुपमा गुणस्तरीय ढङ्गबाट अघि बढेसके परिवर्तन सम्भव छ”, उनले भने, “मन्त्रालय र मन्त्रालयअन्तर्गतका विभाग आम उपभोक्ताको हकहित संरक्षणको लागि प्रतिबद्ध छ ।”
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले उपभोक्ता हक, अधिकारका विषयमा वस्तु तथा खाद्य मात्र नभइ स्वच्छ वातावरणमा पनि जनचेतना अभिवृद्धि गर्नुपर्ने बताइन् । महानगरपालिकाले ‘फुड हाइजिन’लाई विशेष ध्यान दिई विज्ञ टोली सञ्चालन गरेको स्पष्ट पारिन् ।

उनले महानगरले व्यवसाय दर्ता अभियानका रुपमा सञ्चालनमा ल्याएको, घर बहाल व्यवस्थापन निर्देशिका बोर्डबाट पास गरेको, बजार अनुगमनसहित सचेत कार्यक्रम सञ्चालन गरेको तथा उपत्यकामा फलफुल तथा तरकारीमा विषादीको परीक्षण गर्ने तयारी रहेको जानकारी दिए ।

उपप्रमुख डङ्गोलले उपभोग्य वस्तु तथा सेवामा बजार अनुगमन गर्ने काम प्राथमिकताका साथ सञ्चालन भएको बताए । उपभोक्ता हितसम्बन्धी काम प्रभावकारी ढङ्गले अनुगमन गर्न सङ्घ, प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयन गर्ने भन्दै स्वचालित अनुगमन प्रणाली बलियो हुनुपर्नेमा उहाँले जोड दिए ।

  • १ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !