उपराष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बस्ने

आजभोलि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसेको बैठकले सो पदको उम्मेदवारलाई मत नदिने निर्णय गरेको नेता राजाराम श्रेष्ठले बताए ।

बैठकले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने निर्णय फिर्ता लिन, सुलभ ढङ्गले समयमै मल आपूर्तिको व्यवस्था मिलाउन र मल आपूर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न माग गरेको छ ।

हाल बैंकबाट ब्याज बढ्न थालेकाले साना उद्योगी, व्यवसायी, किसानलगायत सम्पूर्ण आर्थिक क्षेत्रमा नकारात्मक असर परिरहेकाले ब्याजदर तत्काल नियन्त्रण गर्न र देशमा वित्तीय सन्तुलन कायम राख्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । बैंकको ब्याजदरकै विषयमा आन्दोलनरत व्यवसायीको माग तत्काल सम्बोधनका लागि सरकारसँग राप्रपा बैठकले माग गरेको छ ।

  • १ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !