उपराष्ट्रपति पुन निजी निवासमा

आजभोलि

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन् । उनी आज अपराह्न १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित निजी निवासमा सरेका हुन् ।

नेपालको संविधानबमोजिम चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेका सन्दर्भमा निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति आजै निजी निवासमा सरेका उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

निर्वाचित उपराष्ट्रपतिले पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण नगरेसम्म उपराष्ट्रपति पुन निजी निवासबाटै कार्यालयमा पुग्नेछन् ।

  • २ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !