इरानद्वारा अमेरिकी आक्रमणको निन्दा

आजभोलि

काठमाडौं । सिरियामा इरान समर्थित समूहमाथि अमेरिकाले गरेको हवाई हमलाको तेहरानले कठोर शब्दमा निन्दा गरेको छ । गत बिहीबार इरानको इस्लामिक रिभोलुस्नरी गार्डस् कप्र्ससँग सम्बद्ध समूहले प्रयोग गर्दै आएको स्थानमा अमेरिकाले हवाई हमला गरेको थियो ।

इस्लामिक स्टेटका चरमपन्थीविरुद्धको कारबाहीका निम्ति गठबन्धन सेनासँग सहकार्य गरिरहेको अमेरिकी सेनाका सदस्यलाई आवश्यक राशनपानीलगायत अन्य सरसामान आपूर्ति गर्ने ठेकेदार सोही दिन उत्तरपूर्वी सिरियास्थित अमेरिकी सेनाको आधार शिविरमा इरानमा निर्मित ड्रोन आक्रमणमा सोही दिन मारिएपछि अमेरिकाले तत्काल हवाई हमला गरेको थियो । उक्त आक्रमणमा १९ जनाले ज्यान गुमाएका युद्ध अनुगमन गर्ने संस्था सिरियन अब्जरभेटरीले बताएको छ ।

पूर्वी सिरियाको देइर एजोर र अल–बुकमालमा अमेरिकाले गरेको हवाई हमलालाई इरानले गैरसैनिक क्षेत्रमा गरिएको ‘आतङ्वादी आक्रमण’ भनेको छ ।

  • १२ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !