आठबुँदे घोषणापत्र जारी गर्दै सकियो महिला नेतृत्व शिखर सम्मेलन

आजभोलि

काठमाडौँ । नेपाल उद्योग परिसङ्घ महिला नेतृत्व मञ्चले काठमाडौँमा आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलन आठबुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ ।

वित्तीय पहुँच बढाउँदै महिलालाई आत्मनिर्भर बनाउनेतर्फ नीतिगत व्यवस्था हुनुपर्ने र विद्यमान नीतिहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै दुईदिने सम्मेलन सकिएको हो । अन्तर्राष्ट्रिय व्यापार, प्रत्यक्ष वैदेशिक लगानी र क्षेत्रीयस्तरका सञ्जालमार्फत महिलालाई वित्तीय तथा डिजिटल साक्षरतामा थप पहुँच चाहिने निष्कर्ष सम्मेलनको छ ।

त्यस्तै महिला उद्यमीहरूले आफ्नो ज्ञान र सीपलाई परिचालन गर्नसक्ने सुनिश्चितताका लागि कर्जाको थ्रेसहोल्ड बढाउनुपर्ने सुझाव घोषणापत्रमार्फत सम्मेलनले सरकारलाई दिइएको छ । लघु, साना र मझौला उद्यममा महिलाका लागि हालको ऋण संरचना बढाउनुपर्ने निष्कर्ष सम्मेलनले निकालेको छ ।

नीति निर्माण तहमा महिलाको सहभागिता बढाउने गरी ठोस व्यवस्था गर्न पनि सुझाव दिइएको छ । कानूनबाटै राजनीतिक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चितता गरिएकामा त्यसलाई कम्तीमा ५० प्रतिशत बनाउन सम्मेलनबाट सरकारलाई आग्रह गरिएको छ ।

सम्मेलनले जारी गरेको घोषणापत्र सरकारलाई हस्तान्तरण गरिएको पनि उद्योग परिसङ्घले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा तोयनारायण ज्ञवाली र राष्ट्रिय योजना आयोगका सहसचिव बाबुराम सुवेदीलाई घोषणापत्र हस्तान्तरण गरिएको हो । सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पु¥याएका म्यागी डोइन र सोनिका मानन्धरलाई ‘इन्स्पायरिङ वुमेन अफ द इयर’ बाट सम्मान गरिएको थियो ।

 

  • १३ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !