सेयर बजार २९ अंकले घट्याे

आजभोलि

काठमाडौं । २०७९ सालको अन्तिम दिनसँगै साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । बिहीबार नेप्से परिसूचक २९ अंकले ओरालो लागेको हो । योसँगै सूचक १९३४ को बिन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७२ अंकले घटेर ३६७.९८ विन्दुमा पुगेको छ ।

यसअघि बुधबारको कारोबारमा भने नेप्से परिसूचक ९२ अंकले उकालो लागि १९६३ विन्दुमा अडिएको थियो । सोही दिन एक अर्ब ९७ करोड ५२ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार कूल २७० कम्पनीको ४९ लाख १३ हजार ७०२ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ६५ करोड ३३ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ ।

यसैगरी, नेप्से सुचकमा २८ कम्पनीमा वृद्धि भएको छ । १८६ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ । कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ८ करोड ४२ लाख रुपैयाँको कारोबार गरेको छ ।

यसैगरि हिमालय डिस्टिलरी ६ करोड र एनआसि एशिया कम्पनीले ५ करोडरुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।बिहीबार सबै उपसुचक कम्पनीहरु राताम्मै भएको छ । घटेको कम्पनीहरु मध्ये सबैभन्दा धेरै विकास बैंक र निमार्ण तथा प्रसोधनको २ प्रतिशतले ओरालो लागेको छ ।

बिहीबारको आदर्श लघुवित्त वित्तीय संस्था सिद्धार्थ, कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावर कम्पनीको१० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।

  • ३० चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !