‘चलचित्रले बजार पाए दर्शक पाउँछ’

आजभोलि

काठमाडाैं । नेपाल र भारतका दुई चलचित्र सम्बद्ध संस्थाले आ–आफ्नो देशमा निर्मित चलचित्रलाई बजार उपलब्ध गराउने सहमति गरेका छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३’ विषयक कार्यक्रममा आआफ्ना देशमा रहेका डिजिटल प्लेटफर्म ओभर दि टप (ओटीटी) र चलचित्र भवनमा प्रदर्शन गर्न नेपाल फिल्म प्रमोसन सर्किट (एनएफपीसी) नेपाल र फिल्म एण्ड टेलिभिजन प्रमोसन काउन्सिल (एफटीपीसी) भारत सहमत भएका हुन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रले बजार पाए दर्शक पाउनेमा विश्वस्त रहेको प्रतिक्रिया दिए । ‘नेपालमा निर्माण भएको चलचित्रले छिमेकी देश भारतमा बजार विस्तार गर्न सके राम्रो लाभ आर्जन गर्नेछ । साथै, नेपालमा छायाङ्कन हुने दक्षिण भारतीय चलचित्रलाई स्वागत गर्न हामी आतुर छौँ । एकअर्काको बजार खोज्ने कुरा सकारात्मक छ’, बोर्ड अध्यक्ष केसीले भने ।

एनएफपीसीकी अध्यक्ष नुतन न्यौपानेले सांस्कृतिक आदाप्रदानको रुपमा आफूहरुले एकअर्काको चलचित्र बजार प्रवद्र्धन गर्न आतुर रहेको बताए । ‘नेपाली चलचित्रलाई तेलुगु भाषामा स्वराङ्कन गरेर दक्षिण भारतका ओटीटीमार्फत प्रदर्शन गर्ने तयारीमा छौँ’, उनले भने । कार्यक्रममा एफटीपीसी अध्यक्ष चैतन्य जङ्गले बजार र सम्भावनाबारे अध्यन गरिरहेको जानकारी दिए । ‘हामीलाई छायाङ्कन गर्न नेपाल सहज छ । नेपाली चलचित्र भारतमा र भारतीय नेपालमा छायाङ्कन हुँदा दुवैलाई लाभ हुनेछ’, उनले भने । कार्यक्रममा अभिनेता कृष्ण मल्ल, दीपकराज गिरी, आयुष्मान देशराज श्रेष्ठ जोशी, दिनेश डिसीलगायत उपस्थित थिए ।

  • ४ बैशाख २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !