सामान्य अङ्कले घट्यो नेप्से

आजभोलि

काठमाडौँ । शेयर बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव ४३ अङ्कले घटेर एक हजार आठ सय ४१ दशमलव ९३ अङ्कमा कायम भएको हो ।

आज दुई सय ६५ वटा कम्पनीको १९ लाख ४२ हजार छ सय २६ कित्ता शेयर रकम रू ५८ करोड ९१ लाखमा कारोबार भएको छ । विभिन्न समूहको उपसूचक हेर्दा आज निर्जीवन बीमा समूह ३० दशमलव ८३ अङ्क र उत्पादन तथा प्रशोधन समूह २६ दशमलव ०३ अङ्कले बढेको छ ।

त्यस्तै, वित्त समूह तीन दशमलव २६ र जलविद्युत् समूह दुई दशमलव १२ अङ्कले बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहमा १४ दशमलव ३९ अङ्कको गिरावट देखिएको छ । बैंकिङ समूह दुई दशमलव ६३, विकास बैंक समूह आठ दशमलव ९०, लगानी समूह शून्य दशमलव २३ र जीवन बीमा समूह नौ दशमलव २० अंकले घटेको छ ।

त्यस्तै, म्युचुअल फन्ड शून्य दशमलव ०६, व्यापार समूह चार दशमलव ७४ र अन्य समूह १० दशमलव ७८ अङ्कले घटेको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिडेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव २४ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै शेयर मूल्य घट्नेमा एनसिसी डिभेन्चर २०८६ को शेयर मूल्य सात दशमलव २४ प्रतिशत छ ।

कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको रू तीन करोड ५६ लाख १० हजार आठ सय ८७ बराबरको दुई लाख १९ हजार पाँच सय ५२ कित्ता शेयर किनबेच भएको छ ।

 

  • २७ बैशाख २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !