कलाकार किरण केसीको गीत सार्वजनिक

आजभोलि

काठमाडौँ । ‘राता मकै’ को उपनामले परिचित हास्यकलाकार किरण केसी अभिनय र चलचित्र निर्माणसँगै गायनमा पनि सक्रिय छन् । पछिल्लो समय साङ्गीतिक भिडिओमा मोडलको रूपमा प्रस्तुत भइरहेका केसीले एकसाथ तीन गीत तयार गरेका छन् ।

उनले नेपाल भाषाको ‘छन्त खं सँ’ र नेपाली भाषाको ‘होला होला भन्दै’मा गायनसँगै अभिनय पनि गरेका छन् । यस्तै ‘ए रात’ बोलको गीतमा उनको अभिनय मात्र छ । नेपाल भाषाको गीत इन्टरनेटमा सार्वजनिक भए पनि बाँकी गीत क्रमशः सार्वजनिक गरिने उनले जानकारी दिए ।

“गीतको अडियो तयार भएको लामो समयपछि भिडिओ बनेको हो । मैले सक्दो मेहनत गरेर गीत तयार गरेको छु”, हास्यकलाकार केसीले भने, “गायन मेरो प्राथमिकतामा पर्छ । मेरो रूचिलाई बुझेर मलाई धेरैले गीत उपहार दिनुभएको छ । त्यो मेरो लागि अमूल्य उपहार हो ।” उनले नेपाल भाषाको गीत गाउँदा केही कठिनाइ भए पनि मेहनतले सम्भव भएको प्रतिक्रिया दिए ।

हास्यकलाकार केसीले अभिनय यात्रा नै मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको टेलिचलचित्रमार्फत सुरु गरेका थिए ।

‘छन्त खं सँ’ र ‘होला होला भन्दै’मा शब्द र सङ्गीत मदनकृष्ण श्रेष्ठले दिएका छन् । “किरणले अभिनय गर्ने, गाउने, लेख्ने लगायतका विविध विधामा आफूलाई अब्बल सावित गरिरहेका छन् । उनको सक्रियताले मलाई ऊर्जा प्राप्त हुन्छ”, हास्यकलाकार श्रेष्ठले भने ।

कलाकार हरिवंश आचार्यले गीत हेरेपछि गायनमा रहर मात्र नभइ मेहनत नै देखिएको बताए । “कुनै पनि विधा सजिलो हुँदैन । गायनमा झनै अभ्यास चाहिन्छ । किरणजीले आफूलाई यो लायक बनाउन निकै मेहनत गर्नुभएको छ । म उहाँसँग सुरुवाती समयदेखि नै सहकार्य गरिरहेको छु”, हास्यकलाकार आचार्यले भने । हास्यकलाकार केसीका अनुसार दोस्रो गीत जेठ १५ र तेस्रो गीत असार १५ मा सार्वजनिक हुनेछ ।

  • ३१ बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !