कँडेलले न्याय पाउनुहुन्छ : मन्त्री गुरुङ

आजभोलि

चितवन । स्व शङ्कर कँडेलले न्याय पाउने नेपाली कांग्रेसका नेताहरुले बताएका छन् । नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ ले आज भरतपुर महानगरपालिका–८ स्थित कँडेल निवासमा आयोजना गरेको शोक सभामा बोल्दै कांग्रेसका नेताहरूले यस्तो बताएका हुन् ।

सभामा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले स्व कँडेललाई अन्याय हुन नदिने बताए । उनले भने, “परिवारले दिएको किटानी जाहेरीमा रहेका दोषीले उन्मुक्ति पाउने छैनन् ।” किटानीमा उल्लेख भएकाले उन्मुक्ति पाउने गरी छानबिन नहुने उनको भनाइ थियो । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री गुरुङले अहिलेको अवस्थामा उत्तेजना र भावनामा बगेर नभई गम्भीर भएर छानबिन गरिने बताए ।

कँडेलको निधनले चितवनवासीलाई मात्रै नभएर सिङ्गो कांग्रेसलाई क्षति भएको उनको भनाइ थियो । उनको निधनले सिङ्गो व्यावसायिक क्षेत्रसमेत मर्माहत बनेको भन्दै मन्त्री गुरुङले परिवारको साथमा कांग्रेस रहेको बताए ।

सभामा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कँडेलको निधनको विषयमा उठेका कुराहरूमा कानूनसम्मत छानबिन हुने बताए । उठेको विषय कानूनसम्मत तवरले छिनोफानो नहुँदासम्म नेपाली कांग्रेससँगै उभिने बताए । किटानी जाहेरीमा परेका व्यक्तिहरूलाई पक्राउ गर्न सरकारलाई कांग्रेसले दबाब दिइरहेको उनको भनाइ थियो ।

किटानी जाहेरी परेका व्यक्ति अनुसन्धानको दायरामा आउनुपर्छ भन्ने कांग्रेसको मान्यता रहेको उनले बताए । पार्टीलाई केही दिन्छु भनेर हिँडेका व्यक्तिहरूलाई न्याय दिँदै पार्टीमा आएर केही कमाउँछु भन्ने प्रवृत्तिलाई दण्डित गर्ने गरी कांग्रेस लागेको उनको भनाइ थियो । उनले भने, “पार्टीभित्र आएर दुई पैसा कमाउन खोज्ने प्रवृत्ति मौलाउँदै गएको यो समयमा शङ्करजी जस्ता मान्छे अट्ने ठाउँ बनाउन आवश्यक छ ।” अपराधमा संलग्नहरूलाई कानरूनी दायरामा ल्याउन आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उमा रेग्मी, नेकपा (माओवादी केन्द्र) की पोलिटब्यूरो सदस्य रेनु दाहाल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ का क्षेत्रीय सभापति लालबहादुर दवाडी र स्व कँडेलका भाइ युवराज कँडेललगायतले बोलेका थिए ।

व्यवसायी एवं नेपाली कांग्रेसका महासमिति सदस्य कँडेलले यही वैशाख १९ गते आफ्नै कार्यालयमा देहत्याग गरेका थिए । बाउन्न वर्षीय कँडेलले केही महिनाअघि आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर प्रदीप रुङ्टालाई बेचेका थिए । शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र सोही कम्पनीका चार्टर्ड एकाउन्टेन्ट जीवन रावलले मानसिक दबाब दिएको उनको सुसाइड नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका–८ निवासी कँडेलका एक छोरा, एक छोरी, एक आमा र श्रीमती छन् ।

  • ३१ बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !