आयल निगमले भुक्तानी गर्यो आईओसीको २४ अर्ब बक्यौता रकम

आजभोलि

काठमाडौं । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन (आईओसी) को बक्यौता रकम भुक्तानी गरेको छ । निगमले रुस–युक्रेन युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थको मूल्य चुलिँदा आईओसीसँग उधारोमा तेल किन्ने गरेको थियो । भारतबाट महङ्गोमा तेल ल्याएर घाटामा बेचेपछि रकम तिर्ने पैसा समेत नहुँदा निगमले उधारोमा तेल ल्याउने गरेको हो । सोही रकम पूर्णरुपमा चुक्ता भएको आयल निगमको स्रोतले जनाएको छ ।

‘आईओसीको २४ अर्ब रुपैयाँ तिर्न बाँकी थियो,’ स्रोतले भन्यो, ‘उक्त रकम चुक्ता भयो । साथै, राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब समेत तिरिएको छ । अब निगमले नेपाल सरकारको ६ अर्ब ३० करोड रुपैयाँ तिर्न बाँकी रहेको स्रोतले जनाएको छ ।

यस्तै, पेट्रोलियम पदार्थ बिक्रेताले राखेको धरौटी बापतको रकमबाट १ अर्ब ९५ करोड रुपैयाँ तिर्न बाँकी छ । यसबाहेक, मूल्य स्थिरीकरण कोषको साढे २१ अर्ब रुपैयाँ र कर्मचारी आवास कोषको सवा ३ अर्ब रुपैयाँ तिर्न बाँकी छ । निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको समयमा तेल किन्न पैसा अपुग भएपछि यी कोषहरुको रकम चलाएको थियो ।

  • १७ असार २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !